पोखरा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग मुलुकको दीर्घकालीन हित र राजनीतिक निकासका लागि पांच बुंदे औपचारिक प्रस्ताब राखेको जनाएको छ
शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंग्देन सहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री कार्कीलाई भेटेर मुलुकको बर्तमान राजनीतिक गतिरोधको अन्त्यका लागि राजा, राजनीतिक दल र जेनजी लगायतका पक्षहरूबिच नवीन समझदारी हुनुपर्ने लगायतका पांचवटा प्रस्ताब बुझाएको जनाएको छ ।
पार्टीको तर्फबाट अध्यक्ष लिङ्देनले प्रधानमन्त्री कार्कीलाई विभिन्न ५ बुँदे ज्ञापनपत्र बुझाउँदै यथाशिघ्र राजनीतिक निकासको लागि र मुलुकमा शान्ति र स्थिरता कायम गर्नको लागिफागुन २१ गते प्रस्तावित निर्बाचन अगाडी नै नवीन समझदारी हुनुपर्ने र त्यसका लागि सर्वपक्षीय बैठकको पहल गर्न प्रम कार्कीलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्रीलाई बुझाइएकाे ५ बुँदे ज्ञापनपत्रमा निम्न बुँदाहरु उल्लेख गरिएको छ
१, आगामी निर्वाचन अगावै मुलुकको वर्तमान समस्याको दीर्घकालीन र स्थायी समाधानका लागि कोही कसैले भविष्यमा आन्दोलन गर्नु नपर्ने परिस्थिति निर्माणका लागि राजा, राजनीतिक दल र जेन्जी लगायतका पक्षधरहरू सम्मिलित सर्वपक्षीय सम्मेलनको आयोजनाबाट देशलाई निकास दिने काम होस् ।
२, अब हुने आम निर्वाचनमै अन्तर जिल्ला र विदेशबाट मतदान गर्न पाउने सुनिश्चितता गर्न सम्भव छ र त्यसलाई सुनिश्चित गरेर मात्रै निर्वाचन प्रक्रियालाई अगाडि बढाइयोस् ।
३, जेनजी प्रदर्शनमा सहभागी भएकै कारण देशका विभिन्न भागमा भएको प्रदर्शनका सहभागीहरूलाई पक्रने, मुद्दा लगाउने जस्ता कामहरू भइरहेको छ । यस प्रकारका कार्यहरू तत्काल रोकियोस् ।
४, जेनजी आन्दोलनका सहिद परिवार, घाइतेहरूको माग अविलम्ब पुरा गरियोस् ।
५, सरकारसँग विभिन्न मागहरु लिएर प्रदर्शनमा रहेका र प्रधानमन्त्रीसँग भेट गर्न चाहेका जेनजीहरुमाथि भइरहेको दमन र उपेक्षा उपयुक्त छैन।
यसप्रकारको कार्य तत्काल बन्द गरियोस् र वार्ता संवादबाट वातावरणलाई शान्त बनाउने प्रयास होस् ।
















