Play

बिशेष महाधिबेशनको विकल्प छैन- महामन्त्री थापा, कुनै हालतमा बिशेष महाधिबेशन हुँदैन- केन्द्रीय सदस्य गुरुङ

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसको महाधिबेशनको बिषयमा बिधमान अन्योललाई लिएर पार्टीका महामन्त्री गगन थापाले सोमबार दिएको अभिव्यक्तिलाई लक्षित गर्दै कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले मंगलवार बिहान त्यस्तै अभिव्यक्ति सार्बजनिक गरेका छन। महामन्त्री थापाले अब बिशेष महाधिबेशनको कुनै विकल्प नरहेको कारण अलमलमा नरहन कार्यकर्तालाई आग्रह गरेकोमा केन्द्रीय सदस्य गुरुंगले बिशेष महाधिबेशन कुनै पनि हालतमा नहुने भएकोले कुनै भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरेका छन।
महामन्त्री थापाले सोमबार सामाजिक संजाल फेसबुक मार्फत “अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ। नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ। नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ।” भन्ने अभिव्यक्ति सार्बजनिक गरेका थिए।
महामन्त्री थापाले अब विशेष महाधिवेशनको विकल्प नरहेको भन्दै अलमलमा नपर्न कार्यकर्ता र नेताहरुलाई आग्रह गरेकोमा कांग्रेस केन्द्रिय सदस्य गुरुङले पनि बिशेष महाधिबेशनको विषय बाहिर हल्ला चले जस्तो केहि नभएको भन्दै केन्द्रीय कार्य समितिको बैठकमा आजसम्म पनि विशेष महाधिवेशनको र नियमित महाधिवेशनको प्रस्ताव आधिकारिकरुपमा नआएको उल्लेख गरेका छन। उनले बिशेष महाधिबेशन कुनै पनि हालतमा नहुने भन्दै नेता कार्यकर्तालाई भ्रममा नपर्न र आँफै विचार गर्न समेत आग्रह गरेका छन उनले भनेका छन ।
गुरुंगले लेखेका छन, “पार्टीले २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुने निर्णय गरिसकेकोले प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने सम्पुर्ण तयारीको काम सम्पन्न गर्नुपर्नेछ । पार्टी एकता कायम राख्नुछ र पार्टीलाई अझ बढी एकताबद्ध बनाउनु छ । यसैले पार्टीले अहिले विशेष महाधिवेशनमा अलमलिने संभावना कम देखिन्छ । पार्टीलाई अझ बढी एकताबद्ध बनाउनु र पार्टी एकता कायम राख्नुको लागि पार्टीको विशेष महाधिवेशन एक हुंदैन, दुई हुंदैन र तीन हुंदैन । कुरो सुस्पष्ट छ । आफै विचार गर्नु होला । भ्रममा नपर्नु होला।”
महामन्त्री गगन थापाले लेखेको कुरा :
बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो?
मैले भने; होइन।
साथीहरूले फेरी सोध्नुभयो कसरी?
मैले भने; प्रष्ट छ – अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ। नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ। नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ।
यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको। अब विशेष महाधिवेशनको विकल्प छैन।
कुरा स्पष्ट छ, अलमलमा नपरौं।
केन्द्रीय सदस्य कल्याण गुरुङले लेखेको कुरा:
साथीहरुले फोन गरेर सोध्नु हुन्छ – के विशेष महाधिवेशन मंसिरमा हुन्छ ?
मैले भने – बाहिर हल्ला चलेको जस्तो केही पनि छैन ।
एक, केन्द्रीय कार्य समितिको बैठकमा आज सम्म पनि विशेष महाधिवेशनको र नियमित महाधिवेशनको प्रस्ताव आधिकारिकरुपमा आएको छैन ।
दुई, पार्टीको विधानको धारा १७(२) मा लेखिएको भए पनि यसको नियमावली र कार्यविधि बनि सकेको छैन । तीन, हस्ताक्षरहरुको सनाखत र प्रमाणीकरण भई सकेको छैन ।
चार, विशेष महाधिवेशनले पार्टी सभापति वा पदाधिकारी वा सदस्यलाई हटाउने व्यवस्था विधानको धारा १७(२) मा कहिकतै लेखिएको छैन ।
पांच, विधानको धारा १७(२) अनुसारको विशेष महाधिवेशनले पार्टी सभापतिलाई हटाउने व्यवस्था विधान र नियमावलीमा उल्लेख भएको नै छैन ।
विधानको धारा २६ अनुसार केन्द्रीय सभापतिले राजीनामा दिई वहांको राजीनामा स्विकृत भई सकेको अवस्थामा कार्यवाहक सभापतिले ६ महिना भित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाई केन्द्रीय सभापतिको निर्वाचन गरिनेछ ।
विधानको धारा ४४ अनुसारको अविश्वासको प्रस्ताव पास गरेर मात्र पार्टी सभापति र पदाधिकारीलाई हटाउन सकिन्छ ।
वहांहरुले फेरि सोध्नु भयो – अब के हुन्छ ?
मैले फेरि भने – विधानमा व्यवस्था भएको मापदण्ड अनुसार हस्ताक्षरहरुको सनाखत र प्रमाणीकरण पनि भई सकेको छैन । यसको लागि आवश्यक नियमावली र कार्यविधि पनि बनिसकेको छैन । पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा छलफलको लागि औपचारिक प्रस्तावको रुपमा पनि आएको छैन । यस सम्बन्धमा पार्टीको केन्द्रीय कार्य समितिले कुनै निर्णय पनि गरिसकेको छैन ।
साथसाथै, पार्टीले २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुने निर्णय गरि सकेको छ ।
पार्टीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने सम्पुर्ण तयारीको काम सम्पन्न गर्नु पर्नेछ ।
पार्टी एकता कायम राख्नु छ र पार्टीलाई अझ बढी एकताबद्ध बनाउनु छ ।
यसैले पार्टीले अहिले विशेष महाधिवेशनमा अलमलिने संभावना कम देखिन्छ ।
यसर्थ, ढुक्क हुनु होस्, वर्तमान सभापतिज्यू कै हस्ताक्षरमा पार्टी निर्धक्क निर्वाचनमा जान्छ ।
पार्टीलाई अझ बढी एकताबद्ध बनाउनु र पार्टी एकता कायम राख्नुको लागि पार्टीको विशेष महाधिवेशन एक हुंदैन, दुई हुंदैन र तीन हुंदैन ।
कुरो सुस्पष्ट छ ।
आफै विचार गर्नु होला ।
भ्रममा नपर्नु होला ।
किमधिकम् ।
जय नेपाल !

९ मंसिर २०८२, मंगलवार ०९:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा