Play

कांग्रेस महामन्त्री थापा भन्छन- बिशेष महाधिबेशनको बिकल्प छैन

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिशेष महाधिबेशनको विकल्प नरहेको भन्दै अलमलमा नपर्न सबै कार्यकर्तालाई आग्रह गरेका छन। कांग्रेसमा नियमित वा बिशेष महाधिबेशन मध्ये के गर्ने र कहिले गर्ने भन्ने विषय अझैसम्म पनि नटुंगिएको अबस्थामा महामन्त्री थापाले अब बिशेष महाधिबेशनको विकल्प नरहेको कुरा दोहोर्याएका छन ।

सामाजिक सञ्जाल फेसबुकमा सोमबार दिउँसो थापाले लेखेका छन्,”अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ । त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ । नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ । नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ,’ थापाले फेसबुकमा लेखेका छन् । टिकट वितरणकै लागि आफूहरूले निर्वाचन अगाडि महाधिवेशन भनेको थापाले उल्लेख गरेका छन् । ‘यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको । अब विशेष महाधिवेशनको विकल्प छैन । कुरा स्पष्ट छ, अलमलमा नपरौँ।”

महामन्त्री थापाले सामाजिक संजालमा लेखेको यो बिषयले कांग्रेस वृत्तमा धेरै चर्चा पाएको छ कतिपयले उनको कुरालाई समर्थन गर्दै आफ्नो प्रतिक्रिया दिएका छन् भने कतिपयले महामन्त्री थापाको यस किसिमको अभिव्यक्तिले पार्टी कमजोर हुने मात्र नभएर पार्टी विभाजन तर्फ उन्मुख हुन सक्ने भन्दै टिप्पणी गरेका छन।

 

८ मंसिर २०८२, सोमबार १८:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा