Play

एमालेको महाधिबेशनबाट अध्यक्ष बन्छु भन्दै पोखरेलले ओलीलाई भने, ‘तपाईं सक्रिय राजनीतिबाट बिदा हुनोस’

गुरुकुल खबर


काठमाडौँ,  नेकपा एमालेको ११ औं महाधिबेशन नजिकिंदै जाँदा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आँफुले अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका छन् । बिहीबार ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकमा पोखरलले अध्यक्ष केपी शर्मा ओलीको सामुन्ने उनको आलोचना गर्दै अध्यक्षमा आफ्नो दाबी प्रस्तुत गरेको श्रोतले जनाएको छ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष ओलीलाई पार्टीको सक्रिय राजनीतिबाट बिदा लिएर अभिभावकीय भूमिकामा रहन पनि सुझाव दिएका थिए । ‘तपाईं पार्टीको कार्यकारी भूमिकाबाट बिदा लिनुस् । म अब पार्टी हाँक्छु, तपाईँले नमाने म महाधिवेशनमा प्रतिस्पर्धा गर्छु ’,बैठकमा पोखरेलले राखेको धारणा उद्धृत गर्दै एक केन्द्रिय सदस्यले भने, ‘तपाईंका पछिल्ला कार्यशैली, व्यवहार, दृष्टिकोण र निर्णय ठिक छैनन् । जनताले रुचाएका पनि छैनन् ।’

पोखरेलको जवाफमा ओलीले आफू नछोड्ने र प्रतिस्पर्धा गर्नेभए स्वस्थ प्रतिस्पर्धा गर्न चेतावनी दिएका थिए । प्रतिस्पर्धा गर्न पाइन्छ । तर पार्टी एकता कायम हुनुपर्छ ।  विगतमा प्रतिस्पर्धा गर्नेहरू अहिले कहाँ छन् भन्ने पनि ख्याल गर्नुहोला’, ओलीले पोखरेललाई भने, ‘ठिक छ प्रतिस्पर्धा गरौँ ।’  ओलीले आफू आठौँ महाधिवेशनमा पराजित हुँदा पनि पार्टी एकताका लागि खटेको स्मरण गराए । उनले माधव नेपाल र भीम रावललगायतका नेताहरूले पराजय वा असन्तुष्टिपछि पार्टी छोडेको र पार्टीलाई कमजोर बनाएको सन्दर्भ उल्लेख गरेका थिए ।

ओलीले यति भनेपछि पुन पोखरेल बोलेका थिए । उनले आफू माधव नेपाल र भीम रावल नभएको बताएका छन् । एमालेको महाधिवेशन आगामी मंसिर २७, २८ र २९ गते काठमाडौँमा हुँदैछ ।  पोखरेलसहितका नेताहरूलाई पूर्वराष्ट्रपति विद्या भण्डारी पक्षको साथ रहने बताइएको छ । बिहीबारको सचिवालय बैठकमा नेताहरूले विद्याको सदस्यताबारे सोधखोज गर्दा ओलीले केही बताएनन् । बरु मधेसको तनावबारे प्रसङ्ग निस्किएपछि महासचिव शंकर पोखरेलले मुख्यमन्त्री सरोज यादवले राजीनामा दिनु उपयुक्त हुने धारणा राखेका थिए ।

४ मंसिर २०८२, बिहीबार २२:४५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा