Play

हेम्जा वेलफेयर सोसाइटी अमेरिकाका अध्यक्ष पौडेललाई न्यूयोर्क स्टेट सिनेटको सम्मान

गुरुकुल खबर


न्युयोर्क(अमेरिका), हेम्जा वेलफेयर सोसाइटी अमेरिकाका अध्यक्ष ध्रुवराज पौडेललाई न्यूयोर्क स्टेट सिनेटद्वारा सम्मान गरिएको छ । अमेरिकामा रहेको नेपाली समुदायमा पौडेलले पुर्याएको सामाजिक सेवा, परोपकारी योगदान तथा मानवतावादी कामको उच्च कदर गर्दै उनलाई सम्मान गरिएको बताइएको छ।  न्यूयोर्क स्टेट सिनेटर स्टीवन डी. रोड्सले पौडेललाई सम्मान प्रदान गरेका थिए ।

हेम्जा वेलफेयर सोसाइटी अमेरिकाले हालै आयोजना गरेको रक्तदान कार्यक्रमको अवसरमा सिनेटर रोड्सले पौडेललाई उक्त सम्मानपत्र प्रदान गरेका हुन।सम्मानपत्रमा पौडेलको “उदाहरणीय सामाजिक नेतृत्व, परोपकारी योगदान र समुदायप्रतिको समर्पण” प्रसंसनिय रहेको उल्लेख छ।

पौडेलको नेतृत्वमा रहेको हेम्जा वेलफेयर सोसाइटीले न्यूयोर्क क्षेत्रमा निरन्तर रक्तदान, स्वास्थ्य शिविर, युवामैत्री कार्यक्रम, शैक्षिक सहयोग तथा विभिन्न परोपकारी गतिविधिहरू गर्दै आएकोले पनि उक्त सम्मान प्राप्त भएको बुझिएको छ। पौडेल विगत ८ वर्षदेखि परिवारसहित अमेरिकाको न्यूयोर्कमा बस्दै आएका छन।

पौडेललाई अमेरिकाको न्युयोर्क सिनेटले सम्मान गरेपछि हेमजा वेलफेयर सोसाइटीका संरक्षक विश्वराज बास्तोलाले उक्त सम्मानले हेम्जाको पहिचान र प्रतिष्ठालाई विश्वव्यापी रुपमा स्थापित गरेको बताए। संस्थाका अध्यक्ष पौडेललाई प्रदान गरिएको यो सम्मान केवल व्यक्तिगत उपलब्धि मात्र होइन, सम्पूर्ण हेम्जावासीको सामूहिक गौरव हो। अमेरिका भरीको नेपाली समुदायका बीचमा हेम्जा वेलफेयर सोसाइटीको योगदान थप उजागर भएको छ। संरक्षक बास्तोलाले गुरुकुल खबरसंग भने।

यसैबीच हेम्जा वेलफेयर सोसाइटी अमेरिका र त्यहाँ क्रियाशील अमेरिकी नेपाली समुदायले सिनेटर स्टीवन डी. रोड्सप्रति आभार प्रकट गरेको छ। समाजसेवा र मानवतावादी कार्यलाई सम्मान गरिएको महशुस भएको भन्दै सोसाइटीले आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्न प्रेरणा मिलेको उल्लेख गरेको छ।

 

४ मंसिर २०८२, बिहीबार २२:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा