Play

म राजाबादी हैन, तर राजसंस्थाको पुनर्स्थापनाको लागि जस्तोसुकै बलिदानी दिन तयार छु- केस शंकर भण्डारी

गुरुकुल खबर


काठमाडौं, जेनजी पुस्ताको नाममा गत भदौ २३ र २४ गते भएको आन्दोलनपछि मुलुकको राजनीतिक अबस्था अझैसम्म पनि सामान्य अबस्थामा फर्किन सकेको छैन। जेनजी पुस्ताको नामबाट भएको आन्दोलनका कारण सुशिला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको र कार्की नेतृत्वको सरकारले फागुन २१ गते चुनाब घोषणा गरेको छ। तर, पछिल्लो समय बिभिन्न राजनीतिक दल र समुहको नाममा भैरहेका प्रदर्शनका कारण द्वन्द बढ्ने संकेत देखिनु र चुनाब हुने सम्भावना न्यून हुँदै गएपछि मुलुकमा राजसंस्थाको पुनर्बहाली गर्नुपर्ने आवाज समेत बिभिन्न कोणबाट उठ्न थालेको छ ।

यसैक्रममा नेपाली काँग्रेस भित्र पनि राजसंस्थाको बिषयले चर्चा पाउन थालेको छ। नेपाली काँग्रेसको केन्द्रिय सदस्य रहेर सनातन हिन्दु राष्ट्रको एजेण्डा उठाउँदै आएका नेपाल सरकारका पुर्व मन्त्री शंकर भण्डारीले राजसंस्था पुनर्स्थापनाका लागि आफूले जस्तोसुकै भूमिका निर्बाह गर्न तयार रहेको अभिब्यक्ती सार्बजनिक गरेका छन।

मंगलबार काठमाडौंमा ‘जेनजेड अलायन्स फर मोनार्की’ले आयोजना गरेको गोलमेच कार्यक्रममा उनले आफू राजावादी नभए पनि मुलुकलाई निकास दिनको लागि अहिलेको आवश्यकता भनेको राजसंस्थाको पुनर्स्थापना नै भएको स्पष्ट पारे। ‘यसका लागि मैले जस्तोसुकै बलिदानी दिनसमेत तयार रहेको छु।’ भण्डारीले भने।

नेपाली कांग्रेसभित्र पद प्राप्तिका लागि सिद्धान्तविहीन राजनीति हावी भएको टिप्पणी गर्दै भण्डारीले कांग्रेसभित्र पद प्रातिका लागि सिद्धान्त त्याग्ने प्रवृत्ति बढेको उल्लेख गरे । उनले भने  म राजावादी होइन । तर, राजा देशको लागि आवश्यक भयो । त्यसको लागि म आफ्नो भूमिका निर्वाह गर्न तयार छु । परिआए बलिदान दिन पनि तयार छु । पछिल्लो समय नेपालको राजनीतिमा कस्तो मान्छे कसरी नेतृत्वमा आउँछन् भन्ने कुरा हामीले नबुझेका होइन । मिडियाले पनि यस्तै गर्ने हो मिडिया घेर्ने बेला आइरहेको छ । नेपालको राजनीतिमा दलभित्र पनि ठूलो प्रभाव छ । पद प्राप्तिको लागि अहिले मान्छेले सिद्धान्तसमेत त्यागिरहेको अवस्था छ । म दुःखका साथ भन्छु कांग्रेसभित्र पनि त्यो चरित्र हावी भएको कारणले आज म बदनाम भएको छु ।’

४ मंसिर २०८२, बिहीबार २१:२२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा