Play

बालमैत्री नगरपालिकाको स्कुलमा बार्दलीमा राखेर बिधार्थी पढाउनुपर्ने अबस्थाको अन्त्य

गुरुकुल खबर


  • प्रकाश डोटेल / स्याङ्जा

बालमैत्री घोषित भीरकोट नगरपालिकाको गडी भञ्ज्जाङ् आधारभूत विद्यालयको बार्दलीमा विद्यार्थी पढाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । भीरकोट नगरपालिका–५ स्वरेकस्थित गडीभञ्ज्याङ्को विद्यालयमा दुई कोठे नयाँ भवन बनेपछि लामो समयदेखि बार्दली र सिंढीमा पढाउनुपर्ने बाध्यताको अन्त्य भएको हो ।

२०७२ सालको भूकम्पले विद्यालय भवनमा क्षति पुगेपछि केही समय त्यही पुरानो भवनमा टिनले बारेर भएपनि पठनपाठन गरिएको थियो । बर्खाको समयमा त्यो पनि भत्केपछि सिढी र बार्दली नै कक्षाकोठाको रूपमा प्रयोग गरिएको थियो । शिशुदेखी कक्षा तीनसम्म पढाइ हुने गडी भञ्ज्याङ् आधारभूत विद्यालयमा कक्षाकोठाको अभावमा सात वर्षसम्म सिढी र बार्दलीमा विद्यार्थी पढाउनुपर्ने बाध्यता थियो ।

नगरपालिकाका भित्ता र सार्वजनिक स्थान बाल अधिकारका सचेनामूलक सन्देशले भरिएपनि भाषण र प्रचारमा जस्तो गत असारसम्म विद्यालयका विद्यार्थीहरूले बालमैत्री विद्यालयको अनुभूति गर्न पाएका थिएनन् । कक्षाकोठाको अभावमा कक्षा दुई र तीनले बार्दली र सिंढीमा पढ्दै आएका थिए । बर्र्खाको समयमा भने विद्यालयको कार्यालयमै राखेर पढाउनुपर्ने बाध्यता थियो ।

आर्थिक वर्ष २०८१/८२ को असारमा दुई कोठे भवन निर्माण भएपछि बार्दली र सिंढीमा पढाउनुपर्ने बाध्यता अन्त्य भएको विद्यालयका प्रधानाध्यापक सरला विकले बताईन् । नगरपालिकाले कक्षाकोठा निर्माण गर्न पाँच लाख रकम विनियोजन गरेको थियो । पाँच लाख २० हजारको लागतमा टिनले छाएको दुई कोठे भवन निर्माण सम्पन्न भएपछि कक्षाकोठामै पठनपाठन भइरहेको प्रधानाध्यापक विकले जानकारी दिईन् ।

जनजाति समुदायका विद्यार्थीको बाहुल्यता रहेको विद्यालयमा वालिङ र भीरकोट नगरपालिकाका ४६ जना विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयको नाममा ३ रोपनी जग्गा भएपनि बालमैत्री नगरपालिकाको विद्यालयमा प्रार्थना गर्न र खेल्नका लागि खेलमैदान अभाब छ । विद्यालयको आँगनबाटै सडक बनाएपछि विद्यार्थीहरु शौचालय जान समेत सडक पार गरेर जानुपर्ने अवस्था रहेको विद्यालयले जनाएको छ ।

३ मंसिर २०८२, बुधबार २२:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा