Play

राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यको उमेदवार एकैपटक टुंग्याउन अवसर नपाएकालाई दिन गुरुङको माग

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले प्रतिनिधि सभा सदस्य (प्रत्यक्ष तर्फ र समानुपातिक तर्फ) र राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारहरुको निर्णय एकै पटकमा गरेर एकैसाथ संगसंगै नामावली प्रकाशन गर्नुपर्नेमा जोड दिएका छन ।

उनले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा कांग्रेस एक्लै चुनाव लडनुपर्ने भन्दै अन्य कुनै पनि दलहरुसंग चुनावी गठबन्धनगर्न नहुने स्पष्ट पारेका छन । गुरुङका अनुसार १ सय ६५ प्रतिनिधि सभा सदस्य, ३ सय ३० प्रदेश सभा सदस्य र ७ सय ५३ स्थानीय तहहरुको निर्वाचनमा कांग्रेस एक्लै चुनाब लड्नुपर्छ ।

उनले प्रतिनिधि सभा सदस्य (प्रत्यक्ष र समानुपातिक तर्फ) र राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा अहिलेसम्म कुनै पनि अवसर नपाएका हरुलाई उम्मेदवार बनाउनु पर्ने भन्दै पार्टीमा राजनीतिक न्याय, राजनीतिक सुरक्षा र राजनीतिक अवसरको समान र न्यायोचित वितरण हुन्छ भन्ने व्यवहारिक विश्वास र अनुभूति दिलाउन सक्नुपर्नेमा समेत जोड दिएका छन ।

नेपाली कांग्रेसको विधानको धारा २३ अनुसार गठन हुने केन्द्रीय कार्य सम्पादन समिति र विधानको धारा ३१ को उपधारा १(घ) अनुसार गठन हुने केन्द्रीय संसदीय समितिलाई तत्काल पुर्णता दिन र यसमा अहिलेसम्म कुनै पनि अवसर नपाएका युवाहरु (५०% पुरुष र ५०% महिला)लाई मनोनित गर्न पनि उनको माग छ ।

२ मंसिर २०८२, मंगलवार ०८:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा