पोखरा, मेजर लक्ष्मी प्रसाद गुरुङ र हुमकुमारी गुरुङले स्थापना गरेको युवा पत्रकारिता पुरस्कारबाट पोखराका पत्रकार धन बहादुर गुरुङ (सुमन) पुरष्कृत हुने भएका छन । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको संयोजनमा पुरस्कारका दाता मेजर लक्ष्मी प्रसाद र हुमकुमारी गुरुङको वैवाहिक बर्षगांठको मंसिर ३ गते गुरुङलाई उक्त पुरस्कार प्रदान गरिने भएको छ।
२०६९ बाट पोखराका एफएम रेडियोमा प्राबिधिक एबम कार्यक्रम प्रस्तोताको रुपमा संचार क्षेत्रमा प्रवेश गरेका गुरुङ पछिल्लो समय रासस सहित बिभिन्न छापा र विधुतीय संचार माध्यममा संलग्न छन् गुरुङ नेपाल पत्रकार महासंघ कास्कीको सह-सचिव, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको उपाध्यक्ष, नेपाल प्रेस युनियन कास्कीको सचिव, र नेपाल फोटो पत्रकार संघ कास्कीको पनि सचिव रहेका छन । उनि यसअघि खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार- २०७९ बाट पनि सम्मानित भएका थिए।
फोनिज कास्कीका सल्लाहकार हुमबहादुर तमुको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले सिफारिस गरेको नाम फोनिज कास्कीको सोमबार बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको थियो । छनोट समितिको सदस्यमा फोनिज गण्डकी ईन्चार्ज रुद्र श्रीस मगर, फोनिज गण्डकी अध्यक्ष खिमाकुमारी गुरुङ, फोनिज कास्की अध्यक्ष बिनु थापा मगर र सचिव देविका तामाङ रहेका थिए ।




















