Play

ताल बाराही माविमा नयाँ व्यवस्थापन समिति गठन, अध्यक्षमा गोबिन्दराज पहारी

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका- ६ बैदाममा संचालित पोखराको पुरानो बिधालय श्री ताल बाराही माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन गरिएको छ। सोमबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले पहारीलाई आगामी तिन वर्षका लागि अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

नबगठित समितिको अध्यक्षमा पोखराका पर्यटन ब्यबसायी एबम होटल संघ गण्डकी प्रदेश समितिका पुर्व अध्यक्ष गोबिन्द पहारीलाई चयन गरिएको छ। उनि पोखरामा लामो समयदेखि पर्यटनसंग सम्बन्धित बिभिन्न संघ संस्थामा सक्रिय छन।

नौ सदस्यीय बिधालय ब्यबस्थापन समितिमा वडाको तर्फबाट प्रतिनिधि बासुदेव बराल रहेको छन भने अभिभावकहरुको तर्फबाट गिरिराज अधिकारी, दीर्घनारायण पौडेल र विष्णु थापा मगरलाई राखिएको छ । शिक्षकहरुको तर्फबाट द्रोणराज भुर्त्याल र मनोनित मध्येबाट हस्तबहादुर थापालाई र वडा शिक्षा समितिबाट गणेश पहारीलाई ब्यबस्थापन समितिको सदस्य राखिएको छ ।

यसैबीच, ब्यबस्थापन समितिका अध्यक्ष र सदस्यहरुको पदस्थापन कार्यक्रम पनि सोमबार नै सम्पन्न भएको छ। उक्त अबसरमा बोल्दै नंबनिर्बाचित अध्यक्ष पहारीले आफ्नो कार्यकालमा विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नुको साथै बिधालयको आर्थिक तथा भौतिक पुर्बाधारको बिकासमा ध्यान दिने बताए ।

पोखरामा महानगरपालिका- ६ का  वडाअध्यक्ष बिष्णु बहादुर भट्टराईले समितिमा निर्बाचित सबैलाई बधाई दिंदै बिधालयको शैक्षिक गुणस्तर वृद्धि गर्न समितिलाई वडा कार्यालयको तर्फबाट सम्भव हुने सबै किसिमको सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरे ।

बिधालयका प्रधानाध्यापक ताराप्रसाद पोखरेलले नवनिर्वाचित समितिले विद्यालयलाई कास्की जिल्लाकै नमुना विद्यालय बनाउनको लागि पहल गर्ने बिश्वास ब्यक्त गरे।

१ मंसिर २०८२, सोमबार १४:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा