पोखरा, पोखरा महानगरपालिका-११ फुलबारीमा संचालनमा रहेको शिवशक्ति क्याम्पसको शनिबार सम्पन्न १७ औं सभा तथा सातौं अधिवेशनले क्याम्पस सञ्चालक समितिको अध्यक्षमा टुवराज बास्तोलालाई दोश्रो कार्यकालको लागि चयन गरेको छ । क्याम्पसको १५ सदस्यीय सञ्चालक समिति रवीन्द्रनाथ बास्तोला, विश्वराज बास्तोला, रमेशराज बास्तोला, सरस्वती भण्डारी, डा. तुलसी प्रभास खनाल र गणेशबहादुर कार्कीलाई सदस्य राखिएको छ ।
समितिको सदस्य सचिवमा क्याम्पस प्रमुख चन्द्रकान्त रेग्मी, प्राध्यापकको तर्फबाट लीलावती पनेरु र सूर्यप्रसाद घिमिरे, पदेन सदस्यमा पोखरा -११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, प्राध्यापक संघका सभापति तोलाकान्त न्यौपानेलाई सदस्य राखिएको छ तर त्रिवि प्रतिनिधि र विद्यार्थी प्रतिनिधि भने मनोनीत हुन बाँकी छ ।
गण्डकी विश्वविद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारीले उद्घाटन गरेको उक्त क्याम्पस सभाको अबसरमा पूर्व प्राचार्य प्रेमबहादुर राई, निवर्तमान क्याम्पस प्रमुख दीपक बास्तोला र लामो समयदेखि प्राध्यापन गर्दैआएका मनोज बास्तोलालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा पोखरा- ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, गण्डकी प्रदेशका पूर्व मुख्य न्यायाधीवक्ता रोहितराज बास्तोला, ग्यालेक्सी माविका निर्देशक राजु कायस्थ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कायस्थले आफ्ना बाबु राधेश्याम कायस्थको नाममा १ लाख बराबरको तथा वडाध्यक्ष कर्माचार्यले १ लाख ५ हजार ५५५ रुपैयाँ बराबरको अध्यक्षकोष स्थापना गर्ने घोषणा गरे ।




















