पोखरा, जेनजी अभियन्ता एबम हामी नेपाली संस्थाका संस्थापक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको कामप्रति चर्को असन्तुष्टि जनाउंदै गृहमन्त्री अर्यालले जनताको भरोसा पूरा गर्न नसकेको आरोप लगाएका छन । उनले २०८४ को चुनाव ८२ मा सार्नलाई मात्र आन्दोलन आन्दोलन नगरिएको उल्लेख गर्दै नेपाली जनता र जेनजीका मागहरू सम्बोधन नभएमा चुनाव हुन नदिने चेतावनी समेत दिएका छ ।
आफ्नो सामाजिक सञ्जाल फेसबुकमा गुरुङले लेखेका छन्– ‘देशभरबाट “हत्यारालाई कारबाही गर” “भ्रष्टाचारीलाई कारबाही” गर भन्ने आवाज उठ्दा “जेन्जीलाई कारबाही” गर सुन्ने गृहमन्त्री पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो। सहिदको रगत सम्झनुहोस्। नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्। काम गर्न नसके पद छोड्न गर्नुभएको वाचा सम्झनुहोस्।’
उनले भनेका छन्– ‘अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुका जस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ। प्रधानमन्त्रीको प्रिय पात्रो भनेर कुर्ची बच्छ भनेर सोच्नुहुन्छ भने यो तपाईंको भ्रम हो।’ यस अगाडी गुरुंगले आंफुले चार दिन पछि आंफ्नो मौनता तोड्ने भनेर फेसबुकमा लेखेकोमा आज बिहिबार उनको लामो स्टेटस आएको हो।
सुशिला कार्की नेतृत्वको बर्तमान सरकार गठन भएको दुई महिना पुग्न लाग्दा समेत कुनै पनि भ्रष्ट र हत्यारालाई कारबाही नभएको उनले उल्लेख गरेका छन । ‘अहिलेसम्म केहि हुन्छ कि भनेर देशको हितको लागि लड्दा मैले भ्रामक समाचारद्वारा यत्रो अपमान देखि चरित्र हत्या समेत सहेर बसे । कुनै स्पष्टीकरण पनि दिन उचित ठानिन्न किनभने मैले सोचेको थिएँ कामले देखाउँछ र कामले बोल्छ अनि नेपाली जनताले बुझ्नेछन् । एकदिन,र अझै पनि देश बन्छ भने, करोडौँ अट्याकहरू सहन तयार छु तर अब तपाईँबाट आशा मरिसकेको छ।’
गुरुङले सामाजिक संजालमा लेखेको कुरा, जस्ताको तस्तै ..




















