Play

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनको पहिलो साता कर्णाली प्रदेशमा हुने

गुरुकुल खबर


पोखरा, पटक पटक स्थगित हुँदै आएको दशौँ राष्ट्रिय खेलकुद आगामी फागुन पहिलो साता गरिने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधबार (कात्तिक १९)  बसेको १२३औँ बोर्ड बैठकले दशौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको छ ।

कर्णाली प्रदेशमा उक्त प्रतियोगिता गर्ने निर्णय गरेको बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्वधावक जितबहादुर केसीलाई २५ लाख नगद पुरस्कार दिन मन्त्रिपरिषद्‌मा सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै, लामो समयदेखि राष्ट्रिय प्रतियोगिता नगर्ने खेल संघलाई तीन महिनाभित्र प्रतियोगिता गर्न निर्देशन दिने, राष्ट्रिय खेल संघ आफैँले घोषणा गरेको खेलाडीको सुविधा र पुरस्कार १५ दिनभित्र सम्बन्धित खेलाडीलाई उपलब्ध गराउन निर्देशन दिने, खेल संघले वैदेशिक भ्रमणसम्बन्धी प्रतिवेदन राखेपमा पेस गर्न निर्देशन दिने लगायतको निर्णय गरेको छ ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले सहजीकरण गरेको बैठकमा राखेपका उपाध्यक्ष ध्रुव आचार्य, खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, बोर्ड सदस्य लगायतको उपस्थिति रहेको थियो ।

२० कार्तिक २०८२, बिहीबार ०७:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा