Play

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको ५० अर्ब १७५ दिनको लागि खिच्दै

गुरुकुल खबर


काठमाडौँ, नेपाल राष्ट्र बैंकले बिभिन्न बैंक तथा वित्तीय संस्थामा तरलता अधिक भएको भन्दै ५० अर्ब तरलता खिच्नको लागि बुधबार निक्षेप संकलन उपकरण जारी गरेको छ।

वित्तीय संस्थामा रहेको अधिक तरलता खिच्ने क्रम यस अगाडी बाट नै राष्ट्र बैंकले गर्दै आएको छ गत आइतबार मात्रै ४० अर्ब खिचेको केन्द्रीय बैंकले सोही प्रकृतिको उपकरण मार्फत बुधबार ५० अर्ब खिच्न लागेको बताइएको छ ।

यसका लागि बुधबार नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ बराबरको १७५ दिने निक्षेप संकलन उपकरण जारी गरेको छ । पछिल्लो समयमा केन्द्रीय बैंकले छोटो अवधिभन्दा पनि दीर्घकालीन निक्षेप उपकरणको प्रयाग बढाउँदै आएको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार शनिबारसम्म वित्तीय प्रणालीमा करिब ६८ अर्ब तरलता छ। बैंक तथा वित्तीय संस्थाले अधिक तरलता अल्पकालका लागि स्थायी निक्षेप सुविधा मार्फत केन्द्रीय बैंकमा राख्छन् । स्थायी निक्षेप मार्फत राखेको रकम धेरै भएकाले पनि केन्द्रीय बैंकले दीर्घकालीन निक्षेप संकलन गर्न थालेको हो ।

यसमा केन्द्रीय बैंकले थोरै ब्याजदर माग्ने बैंक तथा वित्तीय संस्थालाई प्राथमिकतामा राखेर बाँडफाँट गर्छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बजारको पैसा खिच्छ । त्यसैगरी प्रणालीमा तरलताको अवस्था कसिलो हुँदा स्थायी तरलता सुविधा, रिपो मार्फत प्रणालीमा पैसा पठाउँछ ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता पठाउँदा ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरमा ब्याज लिन्छ भने तरलता खिच्दा करिडोरको तल्लो सीमामा स्थायी निक्षेप सुविधा दर बराबरको ब्याज दिन्छ । हाल बैंक दर ६ र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत छ ।

१९ कार्तिक २०८२, बुधबार १३:५७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा