Play

पाँचजना एसएसपीहरु डिआईजीमा बढुवा, खत्रीलाई सिआइबिमा पदस्थापन

गुरुकुल खबर


पोखरा, नेपाल प्रहरीमा रिक्त रहेका पाँच प्रहरी नायब महनिरिक्षक अर्थात डिआईजी पदमा पांचजना प्रहरी बरिष्ठ उपरिक्षक अर्थात  एसएसपीहरुलाई बढुवा गरिएको छ। गत यहि कात्तिक ९ गते उनीहरूलाई बढुवाका लागि सिफारिस गरिएको थियो ।

प्रहरी नायब महानिरीक्षक बढुवा गरिएका एसएसपीहरूमा  भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई डीआईजीमा बढुवा गर्ने निर्णय अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले गरेका हुन् ।

बढुवा गरिएका डिआईजीहरु मध्ये भुपेन्द्र खत्रीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा,  सानुराम भट्टराईलाई अपराध अनुसन्धान विभागमा, ओम अधिकारीलाई उपत्यका प्रहरी कार्यालयमा, शेखर खनाललाई अख्तियारमा र अविनारायण काफ्लेलाई प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन गरिएको बताइएको छ ।

१७ कार्तिक २०८२, सोमबार १५:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा