बुटवल, अर्कैकी श्रीमतीसंग होटलमा गएर मासु र मदिरा सेवन गरेर बसेका एक पुरुषको रहस्यमय मृत्यु भएको छ बुटवलको मिलनचोक स्थित अर्घाखाँची लुम्बिनी होटल एण्ड लजमा बिबाहित महिलालाइ लिएर बसेका बुटवल उपमहानगरपालिका -६ चांदबारीका ५६ बर्षीय सतीशकुमार क्षत्रीको शनिबार दिउँसो रहस्यमय ढंगले मृत्यु भएको बुझिएको छ
होटलको छुट्टाछुट्टै तलामा एक–एकवटा कोठा बुक गरेका उनीहरुले एउटै कोठामा खाजाको रुपमा मासु र मदिरासमेत मगाएर खाएका थिए ।त्यसैक्रममा क्षेत्री अचानक बेहोस भएको भन्दै उनीसँगै होटलमा बसेकी ति महिलाले होटल सञ्चालकलाई जानकारी गराए र त्यसपछि क्षेत्रीलाई तत्काल एम्बुलेन्समा राखेर लुम्बिनी प्रादेशिक अस्पताल लागोइएको भएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार शनिबार दिउँसो बुटवल–२ पाखा पानीकी ३० वर्षीय महिलासँग क्षेत्री उक्त होटलमा पुगेका थिए । ती महिलाका श्रीमान वैदेशिक रोजगारीका सिलसिलामा बाहिर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूका साथ दुई बच्चा पनि थिए ।
‘शवमा बाहिरी चोटपटक केही देखिएको छैन । पोस्टमार्टम रिपोर्ट नआएसम्म मृत्युको कारण भन्न गाह्रै छ,’। एकजना प्रहरी अधिकृतले भने उनका अनुसार प्रहरीले उक्त घटनाबारे विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको छ । क्षेत्रीको शव पोस्टमार्टमका लागि तत्कालै पठाइएको बताउँदै प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले पोस्त्मार्तमको रिपोर्ट आएपछिमात्र मृत्युको कारणबारे थाहा हुने बताए ।
















