काठमाडौँ, नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको बैठक आइतबार अर्थात आज पनि बस्दै छ। आइतबार दिउँसो १ बजेको लागि केन्द्रीय समितिको बैठक तय गरिएको भएपनि पार्टीको महाधिबेशन सम्बन्धि बिषयमा पदाधिकारीहरु बिचमा सहमति कायम हुन् नसक्दा बैठक लम्बिंदै गएको छ ।
गत असोज २८ गतेबाट शुरु भएको बैठक पटक पटक स्थगित हुँदै र बस्दै आउने क्रममा शुक्रबार दिउँसो तय गरिएको बैठक पनि महाधिबेशन सम्बन्धि विषय पेचिलो बन्दै गएपछि बबैठक बस्दै नबसीकन स्थगित गरिएको थियो। सहमति कायम गर्ने भन्दै शनिबार पनि केहि पदाधिकारीको बैठक बसेको भएपनि सहमति हुन् सकेको छैन आइतबार बिहान पदाधिकारीहरुको बैठक बसेपछि मात्र केन्द्रीय समितिको बैठक बस्ने भनिएकोले सहमति कायम होला भन्ने अपेक्षा नेताहरुले राखेका छन ।
कांग्रेसमा महाधिवेशनको बिषयलाई लिएर विवाद चलिरहेको छ पार्टीका संस्थापन वा कार्यबाहक सभापति पूर्णबहादुर खड्का सहित सभापति देउवा निकट मानिएका नेताहरु मङ्सिरमा महाधिबेशन सम्भव नभएको भन्दै चुनाब पछि महाधिबेशन गर्नुपर्ने पक्षमा देखिन्छन। उनीहरुले चुनाब पछि महाधिबेशन नगर्ने भए चुनाब अगाडी तर पुष माघमा मात्र महाधिबेशन सम्भव हुने अभिव्यक्ति समेत दिएको छन ।
पार्टीका महामन्त्री गगन थापा सहितको समूह भने मङ्सिरमा नै महाधिबेशन सम्पन्न गर्नुपर्ने र केन्द्रीय कार्यसमितिको म्याद १ दिन पनि थप गर्न नहुने भन्ने पक्षमा रहेको छन।मंसिरमा महाधिबेशन नगर्ने हो भने बिशेष महाधिबेशन बोलाउनुपर्ने महामन्त्री थापा समुहको माग रहिआएको छ। महाधिबेशनको कार्यतालिका कहिलेको ल्याउने भन्ने विषय नटुंगिएको कारण महामन्त्री थापाले केन्द्रीय समितिको बैठक समेत छोडेका छन ।
यसैगरी पार्टीका अर्का नेता डा. शेखर कोइरालाले पार्टीले मध्यमार्गी उपाय खोजेर चुनाब अगाडी नै महाधिबेशन गर्नुपर्ने भन्ने पक्षमा देखिएका छन नेता डा कोइरालाले एक वर्ष अगाडिदेखि नै पार्टी महाधिवेशन २०८२ मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्ने बताउँदै आएका छन् ।
तर कोइराला निकट भनिएका गुरुराज घिमिरे र देबराज चालिसे लगायतका नेताहरु बिशेष महाधिबेशनको मिति तोकिनुपर्ने भन्दै महामन्त्री थापा समुहको मागमा सहमत देखिएका छन। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माकै निर्देशनमा कोइराला समुहको भनिएका नेता गुरुराज घिमिरेको नेतृत्वमा दुई हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए ।
यसै क्रममा कोइराला समुहका घिमिरे र चालिसे सहितका नेता र महामन्त्री थापा समुहका नेताहरुको आयोजनामा बिशेष महाधिबेन गर्ने सम्बन्धमा भेला समेत आव्हान गरिएको छ । नेपाली काँग्रेसको बिशेष महाधिबेशनको सन्दर्भमा बिशेष भेला भनेर आव्हान गरिएको उक्त भेलामा महामन्त्री थापा समूहमा रहेका र नेता कोइराला समुहका केहि महाधिबेशन प्रतिनिधिहरुको सहभागिता रहने अनुमान गरिएको छ।

महाधिबेशन सम्बन्धि विवाद समाधान गर्न बिभिन्न किसिमका मध्यमार्गी प्रस्ताबहरु समेत सतहमा आउन थालेका छन। महामन्त्री विश्वप्रकाश शर्माले यस अगाडी मङ्सिरमा नै महाधिबेशन नहुने भए पुष १६ मा महाधिबेशन गर्नुपर्ने प्रस्ताब अगाडी सारेकोमा उनले फेरी अर्को प्रस्ताब सारेको छन।
उनले महासमिति सदस्यहरुको भोटिंगबाट महाधिबेशन कहिले गर्ने भन्ने मिति तोक्न सकिने भन्ने प्रस्ताब शनिबार सार्बजानिक गरेका छन । यस्तै अन्योलको बिचमा जारी केन्द्रीय समितिको बैठकले के निर्णय गर्ला भन्ने प्रतिक्षामा आम कांग्रेस कार्यकर्ता र समर्थकहरु बसेको छन।
नेकपा एमालेले संसद पुनर्स्थापना सहित् संविधानको रक्षाको लागि भन्दै वडा तहबाट जनप्रदर्शन र जनपरिचालन जस्ता कार्यक्रमहरु तय गरेको र महिला संघ र युवा संघको नामबाट बिभिन्न कार्यक्रमहरु संचालन गरिरहेको सन्दर्भमा नेपाली काँग्रेसका पदाधिकारीहरु आन्तरिक बिबादमा रुमलिएर पार्टीका आन्तरिक गतिबिधि समेत गर्न नसक्ने अबस्थामा देखिनुले प्रजातन्त्र र लोकतन्त्रका समर्थकहरु समेत चिन्तित देखिएका छन ।



















