काठमाडौँ, सरकारले चालू वर्षको लागि निर्धारण गरेको कार्यालय समय अनुसार आजदेखि कार्यालय समय घट्ने भएको छ ।
अब बिभिन्न सरकारी एबम सार्बजनिक कार्यालयहरुमा काम गर्नेहरुले यस अगाडिको भन्दा १ घण्टा अगाडी नै कार्यालयको काम बन्द गर्न पाउने छन ।
कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । अन्य समयमा भने बेलुकी ५ बजेसम्म कार्यालय समय रहँदै आएको छ ।
शुक्रबारको दिन भने दिउँसो ३ बजेको समय यथावत् रहनेछ ।




















