काठमाडौं : सामाजिक सुरक्षा कोषमा हालसम्म कूल ९४ अर्ब नौ करोड एक लाख ७९ हजार रुपैयाँ बराबरको रकम जम्मा भएको छ ।
कोषले १७ अर्ब २९ करोड ३० लाख ५१ हजार रुपैयाँ बराबरको रकम योगदानकर्तालाई भुक्तानी समेत गरेको छ ।
कोषमा कूल २५ लाख ९२ हजार एक सय ४१ जना सूचीकृत योगदानकर्ताका रुपमा समावेश भएका छन् ।
कोषमा २२ हजार एक सय २५ सूचीकृत रोजगारदाता रहेका छन् । रोजगारदातालाई क्रमशः सूचीकृत गराउन कोषले आवश्यक पहल समेत गरिरहेको जनाएको छ ।
कोषमा औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दावी रकम दुई अर्ब ४२ करोड ५० लाख ८१ हजार रुपैयाँ रहेको छ ।
यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा दावी रकम २२ करोड ३१ लाख ६३ हजार रुपैयाँ, आश्रित परिवार सुरक्षा दावी रकम २८ करोड ३५ लाख ९७ हजार रुपैयाँ र अवकाश दावी रकम १४ अर्ब ३६ करोड १२ लाख आठ हजार रुपैयाँ रहेको छ ।



















