Play

साढे तिन महिनामा बिपद्का ४ हजार ५ सय बढी घटना, ३ सय ३५ को मृत्यु, ४१ बेपत्ता

गुरुकुल खबर


काठमाडौँ, यस बर्षको कात्तिक १५ गते (हिजो) सम्ममा अर्थात साढे तिन महिनाको अबधिमा देशका बिभिन्न स्थानमा ४ हजार ५ सय ९७ वटा विपद्जन्य घटना भएको र ति घटनामा परेर ३ सय ३५ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले दिएको जानकारी अनुसार यस अवधिमा ४१ जना बेपत्ता भएका छन् भने १ हजार २ सय ६४ जना घाइते भएका छन्।

यस अबधिमा बाढीका मात्रै ३ सय १६ घटना भएकोमा ति घटनामा परेर ३७ जनाको मृत्यु भएको तथा २७ जना बेपत्ता भएका छन्। त्यसैगरी, पहिरोसंग सम्बन्धित ५ सय ५० वटा घटनामा ६७ जनाको मृत्यु भएको र ४ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ

यसै अबधिमा चट्यांगसंग सम्बन्धित ३ सय ५६ घटनामा परेर  ४४ जनाको मृत्यु ब हयेको छ भने सर्पदंश सम्बन्धि ५ सय ३८ घटनाका कारण ९२ जनाको मृत्यु भएको छ। बिभिन्न जंगली जनावरको आक्रमणका दुई सय ६९ घटनामा २५ जनाको मृत्यु र  एक बेपत्ता भएका छन भने लेक लागेका ८० वटा घटनामा परेर २७ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।

यसैगरी भारी वर्षाका ४ सय २० घटनामा परेर ७ जना, आगलागीका १ हजार ६ सय १४ घटनामा परेर २६ जना तथा हुरीबतासका २ सय ८६ घटनामा परेर ८ जनाको मृत्यु भएको पनि प्रवक्ता महतले जानकारी दिईन । यस अबधिमा हिउँ पहिरोमा परी ९ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ। शनिबार अर्थात् कार्तिक १६ गते पनि विभिन्न विपद्जन्य घटनामा दुई जनाको मृत्यु भएको छ।

१६ कार्तिक २०८२, आईतवार ०८:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा