पोखरा, नेकपा एमालेको पोलिट ब्युरो सदस्य एबम एमालेको युवा संघका पुर्व अध्यक्ष महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई ‘प्रधानमन्त्री नभएर जेलको नाइके बन्नुपर्ने’ मान्छेको रुपमा टिप्पणी गरेका छन।
पोखरामा नेकपा एमालेले आयोजना गरेको मोटरसाइकल र्यालीको समापनको अबसरमा बोल्दै एमाले नेता बस्नेतले भने, “रबि लामिछाने प्रधानमन्त्री बन्छु भन्दै जेलबाट नक्कली पत्र बनाउन लगाएर बाहिर निस्के। जसका कारण देशभरका बिभिन्न जेलबाट १४ हजार बढी कैदी बन्दी बाहिर निस्के, त्यसैले रबि लामिछाने जस्तो मान्छे प्रधानमन्त्री बन्छु भन्ने हैन जेलको नाइके बन्ने हो। ”
उनले जेनजी पुस्ताको नाममा भएको आन्दोलन भ्रष्टाचार नियन्त्रण, शुसासन कायम र सामाजिक संजालमाथिको प्रतिबन्ध हटाउनको लागि भएको तर बिदेशी शक्ति र उनका नेपालमा रहेका दलालहरुको कारण मुलुकमा निजि र सार्बजनिक सम्पति नष्ट भएको र आगजनी तोडफोड र लुटपाट समेत गर्दा ठुलो धनजनको क्षति भएको दाबि गरे।
विश्वका बिभिन्न ११ मुलुकमा जेनजीको नाममा आन्दोलन भएर सत्ता परिबर्तन भएपनि नेपालमा भने जेनजीले ब्यबस्था परिबर्तन नभई अबस्था परिबर्तनको माग राखेकोमा बिदेशीशक्ति र तिनका नेपाली दलालको कारण ठुलो क्षति हुन पुगेको उनले बताए। सर्वोच्च अदालत, सिंहदरबार, संसद भवन जस्ता संरचना ध्वस्त पार्ने काम बिदेशी दलाल र बारबरा फाउन्डेसंको निर्देशनमा भएको उनको आरोप थियो।
बस्नेतले जेनजी आन्दोलनको ठुलो मतियारको रुपमा नेकपा माओबादीका संयोजक एबम पुर्व प्रधानमन्त्री प्रचण्ड रहेको आरोप लगाए। भदौ २४ गते बिहानसम्म पनि अन्य पार्टीहरुसंग बैठक बसेर उनले आँफु प्रधानमन्त्री बन्ने भन्दै सपना बाँडेको आरोप लगाउंदै बस्नेतले भने- “आन्दोलनको मुख्य मतियार माओबादीका अध्यक्ष प्रचण्ड हुन् तर, उनको छोरीको चितवनको घर आन्दोलनकारीहरुले जलाएपछि उनि पनि छाँगाबाट खसे जस्तो भए।”



















