Play

राष्ट्रिय अपांग महासंघ गण्डकीको अधिबेशन: अध्यक्ष गुरुङ सहित कांग्रेस निकटको प्यानल निर्बाचित

गुरुकुल खबर


पोखरा,  विभिन्न किसिमको अपाङ्गता भएकाहरुको छाता संस्था राष्ट्रिय अपांग महासंघ गण्डकी प्रदेशको पोखरामा सम्पन्न अधिबेशनले हेमबहादुर गुरुङ अध्यक्ष रहेको नयाँ कार्यसमिति निर्बाचित गरेको छ। अधिबेशनको क्रममा भएको चुनाबी प्रक्रियामा अधिकांश उमेदवारहरुले आंफ्नो उमेदवारी फिर्ता लिएपछि अध्यक्ष हेम गुरुङसहित सबैजसो पदाधिकारी र अधिकांश सदस्यहरु निर्बिरोध निर्बाचित भएका थिए।

कार्यसमितिमा प्रतिनिधित्व गर्ने महिला तर्फको एक जना सदस्य र शारीरिक अपांगताको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सदस्य पदको लागि भने दुई दुई जनाको उमेद्वारी परेको कारण मतदान गरेर सदस्य चयन गरिएको थियो। कुल १ सय २६ मतदाता रहेकोमा ८४ जनामात्र मतदानमा सहभागी बनेका थिए।

महिला अपांगता खुला तर्फ बालकुमारी रेग्मी र रोजिना घिमिरे बिचको मतदानमा बालकुमारीले ६५ मत पाएर बिजयी भईन भने रोजिनाले १३ मत मात्र प्राप्त गरेकी थिईन। यसैगरी शारीरिक अपांगता तर्फको सदस्यको लागि फणिन्द्र प्रसाद पौडेल र सुनील श्रीपालीको बिचमा भएको मतदानमा श्रीपालीले ६३ मत पाएर बिजयी भए भने पौडेलले १५ मत मात्र प्राप्त गरेको बताइएको छ।

राष्ट्रिय अपाङ्ग महासंघको कार्यसमितिमा निर्बाचित हुनको लागि नेपाली काँग्रेस निकट मानिने लोकतान्त्रिक अपांग संघ र नेकपा एमाले निकट मानिने अपाङ्ग संघले आआफ्नो किसिमले उमेदवारहरु तय गरेर उमेदवारी दर्ता गरेको भएपनि मतदान शुरु हुनु अगाडी नै नेकपा एमाले निकट अपाङ्गहरु मध्ये अधिकांशले उमेदवारी फिर्ता लिएका थिए। जसका कारण कार्यसमितिको सबै पदमा कांग्रेस निकट अपांगहरु मात्र बिजयी भएको  शिक्षक समेत रहेका दृष्टिबिहिन अपांग अर्पण कोइरालाले गुरुकुल खबरलाई जानकारी दिए । यस अगाडी संघको अध्यक्ष रहेर दुई कार्यकाल काम गरेका खोमराज शर्मा नेकपा एमाले निकट मानिन्छन

प्राप्त जानकारी अनुसार संघको गण्डकी प्रदेशको अध्यक्ष पदमा अन्जना केसी र हेमबहादुर गुरुंगले उमेदवारी दर्ता गराएकोमा केसीले उमेदवारी फिर्ता लिएपछि गुरुङ निर्बिरोध निर्बाचित बनेका हुन। यसैगरी समितिको उपाध्यक्षमा पार्वती भुजेल, सचिबमा जगन्नाथ शर्मा र राम शर्मा पोखरेल र सहसचिबमा निरु बस्नेत पनि निर्बिरोध निर्बाचित भएका छन ।

समितिको कोषाध्यक्ष पदमा पवनकुमार बस्नेत र बिशाल बिकले उमेदवारी दर्ता गराएकोमा पवनकुमारले उमेदवारी फिर्ता लिएपछि बिशाल बिक निर्बिरोध निर्बाचित बनेका छन।  कार्यसमितिको सदस्यमा प्रतिनिधित्व गर्ने शारीरिक अपांगताबाट निर्बाचित हुने महिला सदस्यमा उमेदवारी दर्ता गराएकी अन्जना गुरुङले उमेदवारी फिर्ता लिएकोले अन्जु घिमिरे ढकाल निर्बिरोध निर्बाचित बनिन ।

दृष्टिबिहिन अपांगताबाट प्रतिनिधित्व गर्ने महिला सदस्यमा शोभा पौडेल, ताराकुमारी पोखरेल र सुनिता ज्ञवालीको उमेदवारी परेकोमा शोभा र सुनिताले उमेदवारी फिर्ता लिएपछि ताराकुमारी निर्बिरोध निर्बाचित बनेकी छन। बहिरा तथा सुस्त श्रवणहरुबाट प्रतिनिधित्व गर्ने महिला सदस्यमा हिराकुमारी थापा निर्बिरोध बनेकी छन।

यसैगरी बौद्धिक अपांगता अतिजम अभिभावकबाट प्रतिनिधित्व गर्न महिला सदस्यमा सिर्जना रिमाल, श्रवण दृष्टिबिहीन वा अभिभावकबाट प्रतिनिधित्व गर्ने महिला सदस्यमा कोपिला थापा मगर, स्वर बोलाई हेमोफेलिया र मनोसामाजिक अपांगताबाट संगीता पाठक पनि कार्यसमितिको सदस्यमा निर्बिरोध निर्बाचित भएका छन ।

अति र पूर्ण अशक्त अपांगता भएका व्यक्तिबाट प्रतिनिधित्व चारजना सदस्यहरुमध्ये शारीरिक अपांगताको तर्फबाट सुनील श्रीपाली, दृष्टिबिहीन अपांगताको तर्फबाट हरिदत्त शर्मा, बिष्णु पोखरेल र सुशील गोदार बहिरा अपांगताको तर्फबाट टेकनाथ आचार्यको साथै बौद्धिक अपांगताको तर्फबाट स्वयमसेवी व्यक्तिको रुपमा हेलेन श्रेष्ठ पनि निर्बिरोध निर्बाचित भएका छन।

समाबेशी अन्तर्गतबाट प्रतिनिधित्व गर्ने ३ सदस्य्यहरु मध्ये मधेशी वा पिछडिएको समुदायको तर्फबाट उमा छन्त्याल, जनजातीको तर्फबाट  प्रतिनिधित्व गर्ने सदस्यमा कुमार पुनले उमेदवारी फिर्ता गरेपछि कृष्ण कुमारी श्रेष्ठ, दलितबाट सागर परियार र महिला अपांगता तर्फको खुला सदस्यमा बालकुमारी रेग्मी निर्बाचित भएको बुझिएको छ।

१५ कार्तिक २०८२, शनिबार १८:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा