Play

आदर्श सहकारी संस्थाको अधिबेशन, सुर्यप्रसाद बराल अध्यक्ष रहेको नयाँ समिति चयन

गुरुकुल खबर


पोखरा, आदर्श बचत तथा ऋण सहकारी संस्था लि. पोखरा- १३, आर्वाको शुक्रवार सम्पन्न १८ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले सुर्यप्रसाद बरालको अध्यक्ष रहेको ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।समितिको उपाध्यक्षमा लक्ष्मी सुवेदी बराल, सचिवमा घनश्याम बराल तथा कोषाध्यक्षमा श्रीप्रसाद बराल चयन भएका छन्।

कार्यसमितीको सदस्यहरुमा बिष्णुप्रसाद बराल, भोजराज बराल, रामप्रसाद बराल, शर्मिला बराल र चन्द्रा पराजुलीलाई चयन गरिएको छ । यसैगरी संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजकमा कृष्णराज बराल एवं सदस्यहरुमा तारानाथ सिग्देल र बिष्णुप्रसाद बराललाई सर्वसम्मत छनौट गरिएको छ ।

अधिवेशनमा संस्थाको सल्लाहकार समिति एवं बिभिन्न उपसमितिहरु पनि गठन गरिएको छ। रामशरण बरालको संयोजकत्वमा ऋषीराम सिग्देल र बेदनाथ बराल सदस्य रहेको तीन सदस्यिय निर्वाचन समितिले निर्बाचन प्रक्रिया पुरा गरेको थियो।

संस्थाको साधारण सभा तथा अधिबेशनको उद्घाटन संस्थापक अध्यक्ष कृष्णप्रसाद बरालले  गरेका थिए त्यस अबसरमा बोल्दै उनले २०६४ सालमा सहकारी स्थापना गर्दा झोला बोकेर  रकम संकलन गरेको तर अहिले आदर्श सहकारीले उचाई कायम गरेको देख्दा आफुँ लाई निकै खुशी लागेको बताए । “हरेक सहकारीहरु अहिले प्रतिस्पर्धात्मक रूपमा अगाडी बढिरहेको आँफुले बुझेको भन्दै बरालले सरकारी नियम, कानुन, निति तथा निर्देशिका अनुरूप सहकारीहरु सञ्चालन हुनुपर्नेमा जोड दिए । उनले शेयर सदस्यहरुको बचत अनी आर्थिक कारोबारलाई सुरक्षित गर्दै अगाडी बढाउन सामुहिक ऐक्यबद्धताको खाँचो रहेको औंल्याए ।

आदर्श बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष राजेन्द्रप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार रामशरण बराल, प्रचारप्रसार उपसमिति संयोजक श्रीराम सिग्देल, शेयर सदस्य तारादेबी बराल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उपाध्यक्ष लक्ष्मीदेबी देबकोटाले स्वागत, सचिव सूर्यप्रसाद बरालले कार्यक्रम सञ्चालन तथा शिक्षा उपसमिति संयोजक घनश्याम बरालले सहकारीका सात सिद्धान्त वाचन गरेका हुन् ।

अधिवेशनमा अध्यक्ष राजेन्द्रप्रसाद बरालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन , कोषाध्यक्ष बसन्तराज बरालको आर्थिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितीका संयोजक कृष्णराज बरालले पेश गरेको लेखा प्रतिवेदनलाई सर्वसम्मत पारित गरिएको थियो ।

कार्यक्रममा सहकारीले हरेक वर्ष प्रदान गदै आएको उत्कृष्ट बचत तथा कारोवारी पुरस्कार यस वर्ष शुशीला कार्की र तिलकुमारी केसीलाई उत्कृष्ट बचतकर्ताको पुरस्कार देवका बराल, उत्कृष्ट कर्मचारीको पुरस्कार रमा अधिकारी, शेयर सदस्यका छोराछोरी मध्ये कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने सामुदायिक तर्फका समिर कुईकेल तथा संस्थागत तर्फका प्रसान्त बराल एवं ८४ वर्ष पुगेका जेष्ठ नागरिक गंगादेवी बराललाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।

१५ कार्तिक २०८२, शनिबार १०:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा