बिराटनगर, नेपाल उद्योग परिसंघ अन्तर्गतको युवा उद्यमी मञ्च कोशी र झापा टोस्टमास्टर्स क्लबले संयुक्त रूपमा ‘ करिअर क्रसरोड ’ नाममा बिहिबार एक कार्यक्रम सम्पन्न गरेका छ ।
युवाहरूमा उद्यमशीलता, नेतृत्व क्षमता र करियर विकास प्रतिको चेतना अभिवृद्धि गर्ने प्रमुख उद्धेश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई छ।
कार्यक्रममा प्यानलिस्टका रूपमा कन्टेन्ट क्रिएटर स्वेता बुढाथोकी, फेसन डिजाइनर नूर श्रेष्ठ, चार्टर्ड एकाउन्टेन्ट राहुल साहेवाला र शिक्षाविद् भिक्टर आइ जोसेफ रहेका थिए।

उनीहरूले आफ्ना अनुभव, चुनौती र सफलताका कथाहरू प्रस्तुत गरेर युवाहरूलाई आफ्नो चाहना अनुसार भविष्यको सम्भावना पहिचान गर्न र नयाँ अवसरहरू खोज्न प्रेरित गरेका थिए।
उक्त कार्यक्रममा फणिन्द्र दाहालले अन्लकिंग पोटेन्सियल विषयमा विशेष प्रमुख बक्ताको रूपमा प्रेरणादायी मन्तव्य प्रस्तुत गरेका थिए।
आयोजक संस्थाहरूले यस किसिमको सहकार्यले युवाहरूबीच नेटवर्किङ, आत्मविश्वास र नेतृत्व विकासमा सशक्त योगदान पुर्याउने विश्वास व्यक्त गरेको बताइएको छ ।



















