Play

एमाले छोडेर गएकालाई ओलीको आग्रह: जहाँ हुनुहुन्छ, आफ्नै घर फर्किनुस, फेरि काँधमा काँध मिलाएर अघि बढौं,

गुरुकुल खबर


पोखरा, नेकपा (एमाले) का अध्यक्ष एबम पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको स्वाधीनता, लोकतन्त्र र समृद्धिको यात्रालाई सुदृढ बनाउन सबै नेता–कार्यकर्तालाई फेरि एउटै छातामुनि एकत्रित हुन आह्वान गरेका छन्। कोही पनि अलमलमा नपरी निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुट्न सबै कार्यकर्तालाई आग्रह गर्दै अध्यक्ष ओलीले नेकपा एमाले परित्याग गरेर अरु पार्टीमा सक्रिय भएकाहरुलाई समेत जहाँ रहेको भएपनि आंफ्नो घरमा फर्किन आग्रह गरेका छन ।

सामाजिक संजाल फेसबुकमा लेख्दै अध्यक्ष ओलीले भनेका छन। ‘जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्। यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो। फेरि काँधमा काँध मिलाएर अघि बढौं, देशको स्वाधीनता जोगाऔं, लोकतन्त्रको रक्षा गरौं र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौं’ ओलीले निरंकुशताको अन्धकार हटाएर लोकतन्त्रको उज्यालो फैलाउने संघर्षमा एमाले सधैं अग्रपंक्तिमा रहेको र अनेकौं प्रहार खेपेर राष्ट्रिय स्वाधीनता जोगाउने बलियो कवच पनि एमाले नै बनेको दाबी गरेका छन।

एमालेबाट फुटेर गठन भएको नेकपा एकीकृत समाजबादी र नेकपा माओबादी केन्द्र लगायतका बामपन्थी शक्तिहरु मिलेर नयाँ कमुनिष्ट पार्टी बनाउने प्रयास भैरहेको बेला समाजबादीमा रहेका कतिपय नेताहरु माओबादी केन्द्रसंग एकीकरणमा नजाने भन्ने प्रतिक्रिया सार्बजनिक भैरहेको बेला एमालेबाट समाजबादीमा गएका नेताहरुलाई एमालेमा नै फर्काउने रणनीति अनुरुप ओलीको त्यस्तो प्रतिक्रिया सार्बजनिक हुनसक्ने बताइएको छ ।

नेकपा (एमाले) केवल राजनीतिक संगठन मात्र नभएर जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार भएको उल्लेख गर्दै उनले  एमाले रुपी यो घर बनाउन तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षण समर्पण गरेको र त्यसमा पनि कसैले जेल यातना भोगेको, कसैले जीवन बलिदान गरेको र कसैले आफ्नो युवावस्था आन्दोलनमा अर्पण गरेको समेत स्पष्ट पारेका छन।’

उनले लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको र राष्ट्रिय अस्तित्वमाथि खतरा उत्पन्न भएको बेला एमाले मौन रहन नसक्ने भन्दै राष्ट्रिय एकता, देशको स्वाभिमान र लोकतन्त्रको रक्षाका लागि सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्ने खाँचो औंल्याएका छन ।

यस क्रममा उनले विगतमा पार्टी निर्माणमा संलग्न भएका सबै नेता–कार्यकर्तालाई फर्किन आह्वान गर्दै भनेका छन् ‘जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्। यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो। फेरि काँधमा काँध मिलाएर अघि बढौं, देशको स्वाधीनता जोगाऔं, लोकतन्त्रको रक्षा गरौं र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौं।’ अन्त्यमा उनले सबै कार्यकर्तालाई कोही पनि अलमलमा नपरी निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुट्न आग्रह गरेका छन्।

१४ कार्तिक २०८२, शुक्रबार २१:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा