पोखरा, सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने ब्यबस्था गरेको छ । हालसम्म विधुतीय संचार माध्यम एफएम रेडियो र टेलिभिजनको दर्ता र नबिकरणको मात्र शुल्क लिने गरिएकोमा बर्तमान सरकारले छापाखाना र प्रकाशनसम्बन्धी नियमावली संशोधन गर्दै सञ्चारमाध्यमको दर्ता र नवीकरणमा पनि शुल्क लाग्ने नयाँ व्यवस्था गरेको हो ।
यस अनुसार अनलाइन सञ्चारमाध्यम दर्ताका लागि ५ हजार रुपैयाँ शुल्कसहित आवेदन दिनुपर्ने र प्रत्येक आर्थिक वर्षमा नवीकरण गर्दा २ हजार ५ सय शुल्क लाग्ने व्यवस्था गरिएको छ । अनलाइन संचार माध्यमको दर्ता र नबिकरणको लागि पहिलो पटक सरकारले शुल्क लिने ब्यबस्था गरेको हो
हाल संसोधित नियमावलीले यसअघि जिल्ला प्रशासन कार्यालयबाट दर्ता हुँदै आएका पत्रपत्रिका लगायतलाई पनि सूचना तथा प्रसारण विभागमार्फत दर्ता तथा नियमन हुने व्यवस्था मिलाएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै संशोधित नियमावली कार्यान्वयनमा ल्याएको जनाएको छ ।

















