Play

कांग्रेस बैठकमा नेताहरु: मङ्सिरमा महाधिबेशन असम्भव, चुनाबमा जाने कि संसद पुनर्स्थापना गर्ने ? स्पष्ट बनौं

गुरुकुल खबर


काठमाडौं, नेपाली कांग्रेसको  केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार दिउँसो १ बजे पुन बस्नेगरी सकिएको छ। बिहिबार पनि दिउँसो १ बजेको लागि बैठक तय गरिएको भएपनि ढिलो सुरु भएको थियो । बिहीबारको बैठकमा सहभागी रहेका हरुमध्ये १५ जना नेताले आआफ्नो धारणा राखेका थिए ।

पार्टीको केन्द्रीय कार्यालय बाट प्राप्त जानकारी अनुसार बिहीबारको बैठकमा बोल्नेहरूमा मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुर सिंह (लामा) तामाङ, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार के.सी., रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सीना, शान्ति परियार वि.क., लक्ष्मी खतिवडाको साथै आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली एबम बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन रहेका छन् ।

बैठकपछि पार्टीका प्रबक्ता डा. प्रकाशशरण महतले बैठकमा धारणा राख्नेहरू मध्ये अधिकांशले नियमित महाधिवेशनमै जानुपर्ने र निर्वाचन अघि महाधिवेशन सम्भव नहुने धारणा राखेको बताए ।

बैठकमा बोल्ने क्रममा कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले पार्टीले संसद पुनस्थापना वा चुनाबमा जाने भन्नेमा निर्णय गरेपछि मात्र महाधिबेशन सम्बन्धि निर्णय गर्नुपर्ने बताईन। उनले निर्बाचनमा जाने निर्णय पार्टीले गर्ने हो भने पार्टीको महाधिबेशन चुनाब पछि गर्नुपर्ने र संसद पुनस्थापनामा जाने हो भने यथाशिघ्र महाधिबेशन गर्नुपर्ने धारणा राखेको बताइएको छ ।

बैठकमा आंफ्नो धारणा राख्न्दै नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले आगामी मङ्सिरमा नियमित वा विशेष कुनै पनि महाधिवेशन सम्भव नहुने बताए उनले भने ‘प्रस्ताव दर्ता भएको तीन महिनामा गर्नुपर्ने विशेष महाधिवेशन पनि मङ्सिरभित्र हुने अवस्था देख्दिनँ । क्रियाशील सदस्यताको प्रगति हेर्दा नियमित महाधिवेशन त झन् सम्भव नै छैन ।’

उनले महाधिवेशनबारे परिपक्व निर्णय गर्नुपर्ने बताए । महाधिवेशनबारे कार्यान्वयनको वातावरण नबनाई निर्णय मात्रै गर्दै जाने हो भने कांग्रेस अपरिपक्व पार्टी बन्ने बताए । ‘महाधिवेशन गर्ने निर्णय कार्यान्वयनको वातावरण नबनाई गर्ने हो भने नेपाली कांग्रेस अपरिपक्व पार्टी बन्छ,’ बानियाँले भने ‘पार्टीभित्रको पछिल्लो विवादलाई दुवै पक्षले जीतको महसुस गर्ने गरी समाधान गर्नसक्नुपर्छ।’

यसअघि असोज २८ गते सुरु भएको भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक  सभापति जिम्मेवारी दिएका छन् । त्यसयता उनको सभापतित्वमा कार्यसमितिको बैठक बसिरहेको छ ।

यसबीचमा तिहार तथा छठ पर्वसमेत परेकाले यही कात्तिक १ गते बसेको बैठकले पूर्व केन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनप्रति शोक प्रस्ताव पारित गरी अर्को बैठक आजका लागि तोकेको थियो ।

१३ कार्तिक २०८२, बिहीबार १८:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा