पाल्पा, पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ४ पिपलभञ्ज्याङ्गमा लु प्र ०००१ ज ००९१ नम्बरको भ्यान दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । आज बुधबार बिहान बुटवलबाट छहरा मेहालढापको लागि छुटेको उक्त भ्यान करिब ११ बजेतिर दुर्घटनामा परेको थियो।
दुर्घटनामा परेको खबर ढिलो गरि अर्थात दिउँसो करिब २ बजेतिर मात्र स्थानीय बासिन्दाहरुले पाएका थिए। इलाका प्रहरी कार्यालय मुझुङका अनुसार दुर्घटनामा परी भ्यानका चालक सहित ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृतकहरूको भने सनाखत हुन सकेको छैन। बुटवलबाट गएका अन्य यात्रुहरू छहरा बजारमा झारेर भ्यान मेहलढापतर्फ गएको थियो। भ्यानमा चालक सहित तीन जना मात्र रहेको र सबैको मृत्यु भएको प्रहरीले जनाएको छ।
भ्यान सडकबाट करिब १ हजार ५ सय मिटर तल खसेको छ। मृतकहरूको शवलाई घटनास्थलबाट अस्पतालतर्फ पठाएको प्रहरीले जनाएको छ।




















