Play

माछापुच्छ्रे बैंकको शेयरधनीबाट उपेन्द्र महतो र लक्ष्मी ग्रुप बाहिरिए, सन नेपाल लाइफ इन्स्योरेन्सको प्रवेश

गुरुकुल खबर


पोखरा, पोखरामा प्रधान कार्यालय स्थापना गरेर शुरु भएको माछापुच्छ्रे बैंकबाट केहि संस्थापक सेयरधनी बाहिरिएका छन भने केही नयाँ शेयरधनीहरुलाई प्रवेश गराइएको छ । संस्थापक शेयरधनीको रुपमा रहेको पोखराको लक्ष्मी ग्रुप र गैर आवाशीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो बैंकको शेयरधनीबाट बाहिरिएको छन ।

महतोले आफ्नो नाममा रहेको ९,१४ प्रतिशत शेयर र लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले पनि आफ्नो नाममा रहेको ०.९१ प्रतिशत शेयर बिक्रि गरेको बुझिएको छ । उनीहरू बाहिरिएसँगै माछापुच्छ्रे बैंकमा सन नेपाल लाइफ इन्स्योरेन्सलाई ०.८६ प्रतिशत शेयर दिएर प्रवेश गराइएको छ ।

नियम अनुसार सञ्चालक समितिका सदस्य र सञ्चालकबाट बाहिरिएको एक वर्षसम्म आफ्नो वा परिवारका सदस्यको नाममा रहेको सेयर बिक्री गर्न नपाइने प्रावधान रहेको छ । बैंकको संचालक रहेका उपेन्द्र महतोले सञ्चालक पदबाट बाहिरिएको एक वर्षपछि आफ्नो नाममा रहेको सेयर समेत भाइहरू वीरेन्द्र महतो र सुरेन्द्र महतोलाई बिक्री गरी बैंकबाट पूर्ण रूपमा बाहिरिएको बुझिएको छ। आर्थिक वर्ष २०८०/८१ सम्म बैंकमा उपेन्द्र महतोको ९.१४ प्रतिशत सेयर हिस्सा रहेकोमा गत आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा उनको शेयर शून्यमा झरेको छ ।

उपेन्द्र महतोको शेयर सुन्यमा पुगेको भएपनि उनका भाइ सुरेन्द्र महतोको शेयर १.७१ प्रतिशतबाट बढेर ७.७४ प्रतिशत र अर्का भाइ वीरेन्द्रको नाममा रहेको सेयर ०.६१ प्रतिशतबाट बढेर १.५८ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०८०/८१ मा सुरेन्द्र महतोको नाममा रहेको सेयर कर्मचारी सञ्चय कोषले खरिद गरी बैंकमा प्रवेश गरेको थियो। कोषले सो समयमा एकैपटक ९.२४ प्रतिशत सेयर खरिद गरेको थियो ।

१२ कार्तिक २०८२, बुधबार १३:३३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा