Play

मनांगको बिभिन्न स्थानमा हिमपातको कारण फँसेका १ हजार ५ सय स्थानीय र पर्यटकको नेपाली सेनाद्वारा उद्वार

गुरुकुल खबर


पोखरा,  लगातार परेको असामान्य हिमपातको कारण मनाङ जिल्लाको उच्च हिमाली भेगमा फसेका दुईसय भन्दा बढी विदेशी पर्यटकसहित करिब १ हजार ५ सय स्थानीय र नेपाली पर्यटकहरूलाई नेपाली सेनाले सुरक्षित स्थानमा उद्धार गरेको जनाएको छ। सोमबार बेलुका देखि लगातार परेको हिमपातका कारण मनाङको तिलिचो, खाङ्गसार, पिसाङ, अप्पर मनाङ र हुम्दे क्षेत्रका पदयात्रा मार्ग अवरुद्ध हुँदा त्यस क्षेत्रमा पुगेका स्थानीय एबम पर्यटकहरु समस्यामा परेका थिए ।

त्यस क्षेत्रमा फँसेका यात्रुहरूलाई मनाङस्थित नेपाली सेनाको नयाँ भैरवी दल गुल्मबाट खटिएको उद्धार टोलीले स्थानीय प्रशासन, जनप्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र स्थानीय बासिन्दाहरूको सहयोगमा उद्धार गरेको हो। उद्वार गरिएका पर्यटकहरूलाई तिलिचो बेस क्याम्प र आसपासका हिमपहिरो जोखिमयुक्त इलाकाबाट खाङ्गसार, हुम्दे र चामेसम्म सुरक्षितरूपमा ल्याइएको छ। त्यस क्रममा ७ सय ५० जना तिलिचो बेसक्याम्पबाट खाङ्गसारसम्म र बाँकीलाई हुम्दे तथा चामेतर्फ ल्याइएको बताइएको छ।

उद्धार कार्यमा सेनाका हेलिकोप्टर, स्थानीय घोडा–बोझा साधन र पदमार्गीय उद्धार टोली खटिएका थिए। ४५ वर्षीय पर्यटक वीरेन्द्र रसाईलीलाई ‘लेक’ लागी बेहोस भएपछि सेनाको स्वास्थ्य टोलीले प्राथमिक उपचार गरी सुरक्षित स्थानमा ल्याएको पनि सेनाले जनाएको छ। हाल उद्धार गरिएका सबै व्यक्तिहरूलाई खाङ्गसार र चामेमा अस्थायी आश्रयस्थलमा राखिएको छ।

१२ कार्तिक २०८२, बुधबार १३:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा