पोखरा, केहिदिन अगाडी सम्म क्रमश उकालो लाग्दै गएको सुनको मूल्य केहि दिन यता भने क्रमश ओरालो लाग्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्यमा लगातार ओरालो लागिरहेको हो ।
गत आइतबार एकैदिन प्रतितोला रू ११ हजार ६ सयले घटेर रु दुई लाख ४१ हजार ९ सय कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा रु दुई हजार घटेर रु दुई लाख ३९ हजार ९ सय कायम हुन् पुगेको थियो।
मङ्गलबार प्रतितोला रु दुई हजार ९ सय घटेपछि रु दुई लाख ३७ हजारमा कारोबार भएको सुन आज बुधबार तोलामा रु सात सय घटेर रु दुई लाख ३६ हजार ३ सय रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य भने बढेको छ । मङ्गलबार प्रतितोला रु दुई हजार ९ सय २० मा किनबेच भएको चाँदी आज बढेर रु दुई हजार ९ सय ६५ पुगेको हो ।




















