Play

प्रभु ग्रुपका संचालक समेत रहेका पूर्व सांसद देबिप्रकाश भट्टचन ठगि एबम राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरमा पक्राउ

गुरुकुल खबर


पोखरा, प्रभु मनि ट्रान्सफर प्रा.लि.का अध्यक्ष तथा प्रभु ग्रुपका सञ्चालक समेत रहेका पुर्वसांसद देवीप्रकाश भट्टचनलाई ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा नेपाल प्रहरीले पक्राउ गरेको छ। ठाकुर प्रसाद मानन्धर लगायतले दायर गरेको जाहेरीका आधारमा वादी नेपाल सरकार र प्रतिवादी कुसुम लामा विरुद्ध दर्ता भएको मुद्दाको अनुसन्धानका क्रममा भट्टचनमाथि पनि प्रत्यक्ष संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबिका अनुसार, प्रभु मनि ट्रान्सफर प्रा.लि. ले नेपाल राष्ट्र बैंकबाट प्राप्त रेमिट कारोबारको लाइसेन्स दुरुपयोग गरी देशभरका सहकारी संस्थामार्फत रकम भुक्तानी गर्दा रकम हिनामिना गरिएको देखिएको छ। भट्टचन सञ्चालक रहेका प्रभु म्यानेजमेन्ट प्रा.लि. र प्रभु मनि ट्रान्सफर प्रा.लि. बीच २०६९ माघ १ गते गरिएको करार सम्झौताअनुसार प्रभु म्यानेजमेन्ट प्रा.लि. लाई सुपर एजेण्ट बनाएको र त्यसअन्तर्गत सहकारीहरूलाई सब–एजेण्ट बनाइ रेमिट कारोबार भइरहेको थियो।

तर, नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ को बुँदा नं. ९ अनुसार कम्पनीले आफैं वा नियुक्त सब–एजेण्टमार्फत लाभग्राहीलाई रकम भुक्तानी गर्नुपर्ने प्रावधान विपरीत प्रभु म्यानेजमेन्ट मार्फत रकम भुक्तानी गरी रकम सोधभर्ना नगरेको पुष्टि भएको सिआइबिले जनाएको छ। यो अनियमितताका कारण देशभरका ३ दर्जनभन्दा बढी सहकारी संस्थाहरूले उजुरी दिएका थिए।

त्यसपछि भट्टचनविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। यसै क्रममा प्रहरीको टोलीले उनलाई ललितपुरको गोदावरी नगरपालिका–३, टौकेलबाट मिति यहि कात्तिक ११ गते मंगलवार पक्राउ गरेको हो। प्रहरीका अनुसार हाल उनलाई आवश्यक कानूनी अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ र थप कारबाही अगाडि बढाइएको छ।

१२ कार्तिक २०८२, बुधबार १२:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा