Play

राष्ट्रिय कृषि आधुनिकीकरणका पोखरा प्रमुख तथा उपसचिव लम्सालको मोटरसाइकल दुर्घटनामा मृत्यु

गुरुकुल खबर


पोखरा, राष्ट्रिय कृषि आधुनिकीकरण आयोजनाको पोखरास्थित कार्यालयका प्रमुख तथा नेपाल सरकारका उपसचिव माधव लम्सालको शुक्रबार ( आज ) सवारी दुर्घटनामा परेर निधन भएको छ।

स्यांग्जा जिल्लाको पुतलीबजार नगरपालिका -१४ लामागेको लम्साल थर घर भएका लम्साल तिहार पर्वपछि सतहुँचण्डीको मन्दिर दर्शन गरेर स्यांग्जा बजार फर्किने क्रममा सोहि नगरपालिकाको वडा न. १४ आमडांडा भन्ने स्थानमा मोटरसाइकल दुर्घटनामा परेका थिए ।

आमडाँडास्थित सतौं–पुतलीखेत भित्री सडकखण्डमा सतौंबाट लामागेतर्फ आइरहेको लु ५९ प ३७९७ नम्बरको बुलेट मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खस्दा लम्सालको घटनास्थलमै मृत्यु भएको स्यांग्जाका प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिएका छन ।

शुक्रबार अर्थात् आज दिउँसो करिब ३ बजेतिर आँफैले चलाएको मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका लम्साललाई तत्काल उपचारको लागि स्यांग्जा जिल्ला अस्पताल पुर्याइएको थियो। तर, डाक्टरले उनको निधन भैसकेको बताएको पोखरामा बसोबास गर्दै आएका नेपाली काँग्रेसका युवा नेता नरेन्द्र शर्माले गुरुकुल खबरलाई जानकारी दिए। अन्दाजी ४५ बर्षका लम्साल आंफ्नो श्रीमती, एक छोरा र एक छोरी सहित पोखरा महानगरपालिका -१७ बिरौटामा बस्दै आएका थिए ।

नेपाल निजामती कर्मचारी युनियन गण्डकी प्रदेशका अध्यक्ष शुरेशकुमार श्रेष्ठका अनुसार उपसचिव लम्साल केहि समयदेखि पोखरामा राष्ट्रिय कृषि आधुनिकीकरण आयोजनाको प्रमुखको रुपमा कार्यरत थिए । त्यस अगाडी लम्सालले स्यांग्जामा सुपर सुन्तला जोन र त्यस अगाडी मुस्तांगमा पनि सुपर स्याउ जोनको कार्यालयमा काम गरेका थिए।

श्रेष्ठका अनुसार मिलनसार र आफ्नो जिम्मेवारी कुशलता पुर्बक निर्बाह गर्ने लम्सालले कृषि मन्त्रालय अन्तर्गत रहेका गण्डकी प्रदेशका बिभिन्न कार्यालयमा आफ्नो जिम्मेवारी निर्बाह गरेका थिए। प्रजातन्त्रबादी बिचारमा प्रतिबद्ध रहेका लम्सालले युनियनको लागि बिभिन्न सुझाब समेत दिने गरेको श्रेष्ठले बताए ।

७ कार्तिक २०८२, शुक्रबार २०:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा