Play

दक्षिण भारतमा मोटरसाइकलले ठक्कर दिंदा बसमा आगलागी, कम्तीमा २५ जनाको मृत्यु

गुरुकुल खबर


हैदराबाद (भारत), दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान एउटा मोटरसाइकलले यात्रु बसलाई पछाडिबाट ठक्कर दिएपछि बसमा भएको आगलागीको कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ। स्थानीय प्रहरीले जनाए अनुसार उक्त घटनामा अन्य धेरै घाइते भएका छन् ।

आन्ध्र प्रदेश राज्यको कुर्नुल नजिकै राजमार्गमा भएको दुर्घटनामा ४४ यात्रु बोकेको बस तेलङ्गाना राज्यको हैदराबादबाट कर्नाटकको बेङ्गलुरु तर्फ जाँदै थियो । बसमा आगो केही मिनेटभित्रै फैलियो र केही यात्रु झ्याल फुटाएर बाहिर निस्कन सफल भए भने धेरैको बसबाट निस्किन नसक्दा जलेर मृत्यु भयो ।

वरिष्ठ प्रहरी अधिकारी विक्रान्त पाटिलका अनुसार मोटरसाइकलले बसलाई पछाडिबाट ठोक्किँदा स्पार्कले बसको इन्धन ट्याङ्कीलाई भेटेको थियो । बस चालकले आगो निभाउने प्रयास गरे पनि आगो नियन्त्रण गर्न नसकेको बताइएको छ । दुर्घटनाको समयमा अधिकांश यात्रु सुतिरहेका थिए । घटनामा अज्ञात बाइक सवारको पनि मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

फरेन्सिक विज्ञहरूको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र आन्ध्र प्रदेशका वरिष्ठ अधिकारी एन चन्द्रबाबु नायडूले शोक व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।

यो भारतमा दुई हप्ताभन्दा कम समयमा भएको दोस्रो घातक बस आगलागी हो । यसै महिनाको सुरुमा राजस्थान राज्यमा पनि यात्रु बसमा सर्ट सर्किटका कारण आगो लागेको थियो र कम्तीमा २० जनाको मृत्यु भएको एपीलाई उदृत गर्दै राससले जनाएको छ ।

७ कार्तिक २०८२, शुक्रबार १४:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा