काठमाडौँ, गत शनिबार आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको उपचारको क्रममा आज शुक्रबार निधन भएको छ। गायिका पौडेलले काठमाडौँको अनामनगरस्थित स्टुडिओमा आत्मदाह प्रयास गरेको भएपनि घाइते अबस्थमा उद्वार गरेर उनलाई किर्तिपुरस्थित बर्न अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो।
गायिका पौडेलको उपचारका क्रममा शुक्रबार बिहान करिब साढे आठ बजे मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाले जानकारी दिएका छन।काठमाडौँ महानगरपालिका वडा नम्बर २९ अनामनगरको नागार्जुन गल्लीमा रहेको गिरीको स्टुडियोमा यहि कात्तिक १ गते शनिबार जलेर गम्भीर घाइते अवस्थामा नितुलाई उद्वार गरिएको थियो।
नजिकका मानिसहरूले झ्यालबाट आगोमा जलिरहेको मान्छे कोठामा यताउती दगुरीरहेको देखेपछि प्रहरीलाई खबर गरेको र त्यसपछि लगत्तै त्यहा पुगेको प्रहरीले नितुको उद्धार गरेर झ्यालको पर्दामा बेरेर नितुलाई अस्पताल पुर्याएको थियो ।
नितुसँगै गिरीलाई पनि एम्बुलेन्समै राखेर अस्पताल लगिएको थियो । नितुको शरिर जलेको थियो भने गिरीको शरिर भिजेको अवस्थामा भेटिएको थियो । एम्बुलेन्समा राख्दासम्म नितुले आँखा खोलेर उद्धारकार्य हेरिरहेकी थिइन ।
नितु र बाबुलको बीचमा प्रेम सम्बन्ध रहेको बुझिएको छ । नितुले शरिरमा आगो लगाउनुको कारण पनि सम्बन्धमा आएको खटपट नै कारण रहेको उनको आफन्तले दाबी गरेका छन ।

नितुको परिवारले उनको निधन भएसँगै बाबुलको विरूद्धमा किटानी जाहेरी दर्ता गरेका छन । उनीहरूले प्रहरी प्रभाग सिंहदरबारमागिरीको विरूद्धमा किटानी जाहेरी दर्ता गरेका छन । प्रहरीमा जाहेरी दर्ता भएसँगै गिरी प्रहरी प्रभाव सिंहदरबारमै पुगेका छन ।[/caption]
यसअघि परिवारको तर्फबाट भएको सामान्य ठाडो उजुरीको आधारमा प्रहरीले गिरीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । अब प्रहरीले किटानी जाहेरी बुझेपछि थप अनुसन्धान गर्ने बुझिएको छ ।




















