Play

जेनजी आन्दोलनका घाइतेसंग प्रम कार्कीको बाचा ‘चुनाब पनि हुन्छ, भ्रष्टाचारको छानबिन पनि हुन्छ तर दवाब दिईरहनु’

गुरुकुल खबर


काठमाडौँ, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घाइतेसँग मंगलबार बालुवाटारमा लामो छलफल गरेकी छन ।  छलफलमा सहभागी भएका आन्दोलनका घाइतेहरूमध्ये अधिकांशले भ्रष्टाचारी र आन्दोलन दमन गर्नेहरूविरूद्ध कठोर ढंगले प्रस्तुत हुन सरकारलाई सुझाव दिएका थिए। सरकारले भ्रष्टाचारीमाथि कारबाही नगर्ने हो भने सडकमा ओर्लिएर अर्को आन्दोलन गर्ने चेतावनी समेत उनीहरुले दिएको श्रोतले जनाएको छ।

आन्दोलनका घाइते रूपिन खड्काको नेतृत्वमा आएको १८ जनाको समूहले ‘क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी कदम चाल्नुपर्ने’मा जोड दिएको थियो । घाइते हरूका तर्फबाट खड्काले भने, ‘जसका विरूद्ध हामीले आन्दोलन गरेका थियौं, उनीहरूलाई तत्काल पक्राउ गर्न सरकारलाई केले छेकेको छ? नियमले छेक्यो कि कानुन र संविधानले छेक्यो ? जहाँ बाधा छ, त्यहीँबाट फुकाउन सुरू गरौं ।’‘तपाईंहरू चुनाव चुनाव मात्र भनिरहनुभएको छ। के २०८४ को चुनाव २०८२ मा सार्नलाई मात्र यो सरकार आएको हो?’ घाइते प्रतिनिधिहरूले कार्कीलाई प्रश्न गरेका थिए।

अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन र सञ्चारमन्त्री जगदीश खरेल समेत सहभागी भएको उक्त छलफलमा प्रधानमन्त्री कार्कीले आफूहरू जेन-जी आन्दोलनको मर्मभन्दा बाहिर नजाने प्रतिबद्धता व्यक्त गर्दै कानुनी रूपमा तल नपर्ने गरी आन्दोलनको म्यान्डेट अनुसार चल्ने बताइन्।

‘चुनाव पनि हुन्छ, भ्रष्टाचारको अनुसन्धान पनि हुन्छ। राज्यका स्थापित निकायले तीव्र गतिमा भ्रष्टाचारको छानबिन गरिरहेका छन्। आ-आफ्नो ठाउँबाट काम गरिरहेका छन्। तपाईंहरू बोल्न नछाड्नुहोस्। हामीलाई दबाब दिन पनि नछाड्नुहोस्। हेर्नुहोला, अब नतिजा आउँछ। छानबिनमा परेपछि बाहिर कसले के–के बोलिरहेका छन्, सुन्नुभएकै होला,’ उनले भनिन्।

गृहमन्त्री अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनबारे छानबिनमा भइरहेको प्रगतिबारे जानकारी दिएका थिए। घाइतेहरूले कतिपय आरोपित व्यक्ति भाग्न खोजेको र अकुत सम्पत्ति लुकाउन खोजेको भनेका थिए। यसको जबाफमा गृहमन्त्री अर्यालले भाग्न खोजेकाहरू र लुकेकाहरू पनि भाग्ने अवस्था नभएपछि ‘नेपालमै छु’ भनेर देखापर्न थालेको बताएका थिए ।

४ कार्तिक २०८२, मंगलवार १७:२६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा