पोखरा, महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औं जयन्तीका अवसरमा काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि देवकोटाको शालिकमा माल्यार्पण गर्नुको साथै काब्यसभा गरेर देवकोटा भावपूर्ण श्रद्दान्जली अर्पण गरिएको छ ।
त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईले मंगलबार काठमाडौँको संचारग्रामस्थित महाकवि देवकोटाको पूर्णकदको सालिकमा माल्यार्पण गरेकी थिईन । त्यस अवसरमा उनले कविशिरोमणि लेखनाथ पौडयाल र नाट्यसम्राट् बालकृष्ण समको पूर्णकदको सालीकमा पनि माल्यार्पण गरेको त्रिमुर्ती निकेतनका सदस्य सचिब नरेन्द्रराज प्रसाईंले गुरुकुल खबरलाई जानकारी दिए ।
सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनद्वारा आयोजित काव्यसभामा कविहरू ललिता दोषी, यादव भट्टराई, भगवती बस्नेत र रश्मि रिमालले कविता वाचन गरेका थिए ।
उक्त कार्यक्रममा त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौड्याल काव्य सभाका संयोजक प्रा.केशव सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ, कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाई लगायतले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाटयसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्ति प्रतिको सच्चा श्रद्धाञ्जली हुने विचार व्यक्त गरे ।
कविशिरोमणि, नाट्यसम्राट् र महाकविको सम्मानार्थ नइ प्रकाशनको संयोजनमा २०६१ सालमा त्रिमूर्ति निकेतनको स्थापना गरिएको सदस्य सचिब प्रसाईंले जानकारी दिएका छन ।




















