पोखरा, कास्कीको पोखरा महानगरपालिका -२५ हेम्जामा एक पैदलयात्रुलाई ठक्कर दिएर फरार रहेको गाडी र चालकलाई प्रहरीले पक्राउ गरेको छ। कास्कीको नाउडांडाबाट पोखरातर्फ आउंदै गरेको ग १ ज ७११० नम्बरको सुमो गाडीले ५५ बर्षीय एक पुरुषलाई आइतबार बेलुका करिब ७ बजे ठक्कर दिएर फरार भएको थियो।
उक्त घटनाको बारेमा जानकारी पाएपछि गतानास्थल पुगेको प्रहरी टोलीले घाइतेलाई उपचारको लागि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान रामघाट लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए।
घाइतेलाई अलपत्र छाडेर फरार भएको गाडी र चालकको खोजि गर्ने क्रममा सोमबार उक्त गाडी र चालक दुबैलाई पोखरा महानगरपालिका -१० रंगशाला गेट अगाडीबाट प्रहरीले नियन्त्रणमा लिएको कास्की प्रहरीका सुचना अधिकारी एबम प्रहरी नायब उपरिक्षक हरिबहादुर बस्नेतले गुरुकुल खबरलाई जानकारी दिए।
गाडी चालक पर्बत जिल्लाको मोदी गाउँपालिका -१ भूकतान्गले घर भई हाल पोखरा -११ फुलबारी बस्ने २८ बर्षीय शुशिल सुनारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको बस्नेतले जानकारी दिएका छन।
यसैबीच कास्कीको पोखरा महानगरपालिका–२६ बरालडाँडामा ५५ बर्षीय देबबहादुर बिश्वकर्माले झुण्डीएको अबस्थामा भेटिएका छन।
जेनजी पुस्ताको नाममा भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा कास्की कारागारबाट निस्केका बिश्वकर्मा आफ्नो एकतले कच्ची घरको सुत्ने कोठाभित्र प्लास्टिकको डोरीले बाँसको बलोमा पासो लगाएर झुण्डीएको अबस्थामा भेटिएका हुन। उनको मृत्यु भैसकेको अबस्थामा भेटिएका थिए ।
उनि कास्की कारागारमा कर्तब्य ज्यान मुद्धामा कैदी जिबन बिताइरहेकोमा अन्य कैदी बन्दीसंगै भदौ २४ गते कारागारबाट निस्किएका थिए।
कास्की प्रहरीले दिएको जानकारीअनुसार ५५ वर्षीय देवबहादुर विश्वकर्मा आफ्नै एकतले कच्ची घरको सुत्ने कोठामा बासको बलोमा प्लास्टिकको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा सोमबार बिहान फेला परेका हुन्। उनि झुन्डिएको समयमा घरमा कोही पनि नभएको र मुचुल्का गरी शवलाई अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

















