Play

गृहमन्त्री अर्यालले विदेश भागेको भनिएका कांग्रेस नेता खड्का आगजनी र लुटपाट गरिएको घरबाट सार्बजनिक

आफ्नो सम्पतिको निस्पक्ष छानबिन गर्ने चुनौती दिंदै खड्काले भने- दशैंको लागि साटेर राखिएको नगद सहित केहि धनमाल लगे, केहि हावामा उडाए


गुरुकुल खबर


काठमाडौँ,  जेनजी पुस्ताको नाममा भदौ २३ र २४ गते भएको आन्दोलनपछि बनेको सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले विदेश भागेको भनेर प्रचार गरेका तत्कालिन उर्जा जलश्रोत तथा सिंचाईमन्त्री दिपक खड्का आन्दोलनकारीहरुले जलाएको घरबाट सोमबार (आज ) साबजनिक भएका छन। गृहमन्त्री अर्यालले देश छोडेर भागेको भनेर दाबी गरिएका खड्का आफ्नै क्षतिग्रस्त घरबाट फेसबुकबाट लाइभ हुँदै सार्बजनिक भएका हुन् ।

केही दिनअघि एउटा दैनिक पत्रिकालाई अन्तर्वार्ता  दिंदै गृहमन्त्री अर्यालले ‘तत्कालीन ऊर्जामन्त्री भागिसके, अरू पनि भाग्न खोज्दै छन्, उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छ कि भनेर अध्ययन गरिरहेका छौँ,’ भन्ने अभिव्यक्ति दिएका थिए।

नेपाली काँग्रेसका नेता खड्काको घर आन्दोलनकारीहरुले आगजनी र लुटपाट गरेर घरमा भएको धनमाल समेत लगेका थिए। खड्काको घरबाट भेटिएको केहि पैसा प्रदर्शनकारीहरुले उडाएको दृश्य समेत सामाजिक संजालमा भाइरल बनेको थियो। आन्दोलनपछि सुशिला कार्की नेतृत्वमा बनेको सरकारका गृहमन्त्री स्वयम र सरकारको निकट रहेकाहरुले पुर्बमन्त्री खड्का अमेरिका भागेको भन्दै चर्को आलोचना गरेका थिए।

आन्दोलनकारीहरुले घर जलाएपछि तनावमा रहेको खड्का आफ्नो परिवारका सदस्य लिएर तराई पुगेको र त्यसैबेला डेङ्गु भएपछि भारतको मेदान्त अस्पतालमा ११ दिनसम्म उपचार गरेर उनि नेपाल फर्किएको हुन । भारतमा उपचारको लागि बस्ने क्रममा पछिल्लो रिपोर्टको प्रतिक्षा गर्ने क्रममा केहि राजनीतिक भेटघाटसमेत भएको  खड्काले जानकारी गराए ।

तर सरकारका बहालवाला गृहमन्त्री एबम अन्यले भनेजस्तो आफु अमेरिका वा सिंगापुर कतै नगएको स्पष्ट पार्दै उनले आफ्नी श्रीमती भने अझै पनि उपचारको क्रममा भारतमै रहेको जानकारी गराए। आफुलाई नेपाल छोडेर भागेको भन्ने प्रचार सरकारमा बस्नेहरुले गरेर नेपाली समाजलाई दिग्भ्रमित पार्ने प्रयास निरन्तर भएपछि आँफु सार्बजनिक भएको खड्काले स्पष्ट पारे।

सरकारका उच्च अधिकारी सहित अन्यले आँफुलाई विदेश भागेको भन्ने आरोपको खड्काले आफ्नो आगजनी भएको घरको अगाडी बसेर गरेका छन । सोमबार आगजनी भएको घर अगाडी आफ्ना केहि शुभचिन्तकहरुको साथमा बसेर उनले आफुलाई सरकारले वारेण्ट पनि नकाटेको र काँहि नजानु पनि नभनेको स्पष्ट पारे। सरकारले मलाई विदेश भाग्यो भनेर समाजलाई दिग्भ्रमित गरेको आरोप उनले लगाए ।

राजनीतिक संघर्षका क्रममा पटकपटक जेल परेका नेताको संगत गरेको उल्लेख गर्दै खड्काले पछिल्लो घटनाबाट आफु विचलित नभएको पनि बताए। मुलुकको अवस्थाप्रति धैयैधारण गर्न पार्टीका नेता कार्यकर्ता र सर्बसाधारणसहित आफ्ना समर्थकहरुलाई आग्रह गरेका खड्काले जनताको सुख दुखमा सधै रहिरहने प्रतिवद्धता पनि ब्यक्त गरे ।

सरकारको तर्फबाट खडकाको बारेमा गरिएको प्रचारबाजी संगै उनको घरमा करोडौं रुपैया विदेशी र स्वदेशी मुद्रा रहेको आरोपमा सम्पत्ति सुद्धिकरण विभागले उनीमाथि छानविन गरीरहेको बताएको छ । तर उनले त्यस्ता रुपैया घरमा राखेको कुराको पनि प्रतिबाद गरेका छन् । दशैं परब नजिकिएको कारण सोहि चाडको लागि भनेर साटेर राखिएका २० र ५० का नोट सहित अन्य धनमाल लुटपाट गर्ने, जलाउने र हावामा उडाउने काम आन्दोलनकारीको नामबाट गरिने अनि सोहि घटनालाई लिएर सरकारले चरित्र हत्या हुने गरि प्रचार गर्ने प्रवृतिको उनले निन्दा गरे।

आफ्नो सम्पतिको निस्पक्ष छानबिनको माग समेत गरेका खड्काले आफ्नो घरमा २/४ लाख रुपैया नहोला भनेर कसैले कल्पना समेत नगर्ने स्पष्ट पारे। राजनीति गर्नका लागि ब्यबसाय चाहिन्छ भनेर आफु ब्यबसायमा लागेको ब्यबसायिक सफलताका कारण अब खान लाउन पुग्छ भनेपछि राजनीतिमा होमिएको उनको भनाई थियो ।

कांग्रेस नेता खड्काले जेनजी पुस्ताले गरेको आन्दोलन जायज भए पनि आन्दोलनमा देखिएका अदृश्य शक्तिका कारण देश नै रहने कि नरहने र हामीले नेपाली भन्न पाउने कि नपाउने भन्ने अवस्था सिर्जना हुन पुगेको बताए । उनले निर्वाचनमा सहभागी हुने कि नहुने भन्ने विषय पार्टीले निर्णय गर्ने भन्दै तर यो विषयमा राजनीतिक दलहरूले समान धारणा बनाएर जानुपर्नेमा जोड दिए ।

३ कार्तिक २०८२, सोमबार १०:५२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा