Play

कांग्रेसको महाधिबेशन अझै अनिश्चित, तत्काल मिति तोक्नुपर्नेमा महाधिबेशन हस्ताक्षरकर्ताको दवाब

कांग्रेस केन्द्रीय समितिको बैठक कार्तिक १३ गतेसम्मको लागि स्थगित


गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसको बर्तमान कार्यसमितिको कार्यकाल सकिनै लागेको बेला नयाँ नेतृत्व चयनको लागि नियमित महाधिबेशन गर्ने कि बिशेष महाधिबेशन गर्ने भन्ने बिषयको टुंगो अझै लाग्न सकेको छैन। पार्टीको केन्द्रीय समितिको बैठक जारी रहेको र बैठक लम्बिंदै गएपछि यो विषय झन पेचिलो बन्दै गएको छ । पार्टीका अधिकाश नेता कार्यकर्ताहरु नियमित महाधिबेशन गरेर तल्लो तहदेखि माथिल्लो तहसम्म नै नेतृत्व परिबर्तन गर्नुपर्ने पक्षमा देखिएपनि केहि नेताहरु भने बिशेष महाधिबेशन गरेर केन्द्रीय नेतृत्व मात्र परिबर्तन गर्ने पक्षमा देखिएका छन ।

पार्टीको केन्द्रीय समितिले आंफ्नो कार्यकाल लम्ब्याउने सम्भावनाको कारण बिशेष महाधिबेशनको माग गरिएको दाबी हस्ताक्षरकर्ताहरुले गर्दै आएको भएपनि पुष महिनासम्ममा नियमित महाधिबेशन गर्न सकिने अबस्थालाई नजरअन्दाज गरेर तिन महिना भित्र बिशेष महाधिबेशनको माग स्वाभाविक नरहेको कतिपयको भनाइ छ।जारी केन्द्रीय समितिको बैठकले महाधिबेशनको टुंगो लगाउने अपेक्षा गरिएकोमा केन्द्रीय समितिको बैठक चाडबाड र अन्य बिबिध कारण देखाउदै कार्तिक १३ गतेसम्मको लागि स्थगित गरिएपछि अनेक आशंकाहरु सिर्जना हुन थालेको छन।

यस अगाडी बिशेष महाधिबेशनको पक्षमा देखिएका महामन्त्री विश्वप्रकाश शर्मा र गगन कुमार थापाले मङ्सिरमै नियमित महाधिबेशन गर्ने प्रस्ताब ल्याएकोमा तयारी नपुग्ने हो कि भन्ने आशंकाले केहि समय पछाडी सार्नुपर्ने आवाज समेत उठेको छ तर महामन्त्री शर्मा र थापाले मङ्सिरमा नियमित महाधिबेशन नगर्ने भए बिशेष महाधिबेशन गर्ने भनाई सार्बजनिक गर्दै आएको छन । महामन्त्रीहरु र कार्यबाहक अध्यक्ष सहितका पदाधिकारीहरुले यथाशिघ्र महाधिबेशनको मिति तोकेर पार्टीमा उर्जाशील नेतृत्व र नयाँ एजेन्डा स्थापि गरेर चुनाबको तयारी गर्नुपर्ने भएपनि उनीहरुले स्पस्ट निर्णय लिन नसकेको आरोप पनि लाग्न थालेको छ ।

कांग्रेस नेता डा. शेखर कोइरालाको निकट मानिने नेता गुरुराज घिमिरे र देबराज चालिसे लगायतका केहि नेताहरुले पनि महामन्त्री थापा र शर्माले जस्तै हस्ताक्षर अभियान चलाएका थिए। महाम्नात्री थापा र कोइराला पक्षका नेताहरुको पहलमा करिब ५४ प्रतिशत महाधिबेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेको भन्दै ति हस्तक्षर सहित तत्काल महाधिबेशन गर्नुपर्ने माग सहितको निबेदन पनि केन्द्रीय समितिमा दर्ता भएको छ ।

महाधिबेशन माग गरिएको निबेदन दर्ता भएपनि महाधिवेशन मिति तोक्न ढिलाइ गरेकोमा नेतृत्वको चर्को आलोचना गर्दै कांग्रेस नेता कोइराला निकट मानिएका घिमिरे र चालिसे सहितका नेताहरुले आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरे । विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर अभियान चलाएको समूहका केहि नेतालाई साथमा राखेर गरिएको पत्रकार सम्मेलनमा बोल्दै घिमिरेले केन्द्रीय कार्यसमितिले अस्वाभाविक रूपमा केन्द्रीय समिति बैठक लम्ब्याएको र महाधिबेशन सम्बन्धि निर्णय गर्न ढिलाई गरेको आरोप लगाए ।

‘पार्टी केन्द्रीय कार्यसमितिले अस्वाभाविक रूपमा केन्द्रीय समितिको बैठक लम्ब्याएको छ’, घिमिरेले भने, ‘हामी यसरी किन बैठक सारिरहेका छौ, आज जनमानसले प्रश्न गरिरहेको छ । अरू राजनीतिक दल र कम्युनिस्ट पार्टीहरूले मङ्सिरमा महाधिवेशन गर्ने निर्णय गरिसके तर ‘हामीलाई के ले रोक्यो ?’  हामीले आफूलाई विश्वको प्रजातान्त्रिक आन्दोलनको नमुना मान्छौ । तर महाधिबेशनको निर्णय किन गर्न सक्दैनौ ? घिमिरिको प्रश्न थियो । उनले केन्द्रीय कार्यसमिति महाधिवेशन वा महासमिति भन्दा माथि नरहेको बताए  ।

पत्रकार सम्मेलनमा बोल्ने बक्ताहरुले नेपाली कांग्रेसको अहिलेको केन्द्रीय समितिको म्याद थप्न नहुने कुरामा समेत जोड दिएका छन । केन्द्रीय सदस्य घिमिरे सहित मनोजमणि आचार्य लगायतले केन्द्रीय समितिको म्याद थपिने आशंका प्रकट गर्दै त्यसो गर्न नहुनेमा जोड इद्येका हुन । पत्रकार सम्मेलनमा बोल्दै आचार्यले समयमा नियमित महाधिवेशन नगर्ने र केन्द्रीय कार्यसमितिको म्याद थप्न खोजिएको आरोप लगाए ।

उनले भने, ‘असोज २८ बाट प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको बैठक विनाकारण लम्ब्याउने, ढिला गर्ने र आगामी बैठक छठपछि अर्थात् कात्तिक १३ पछि मात्र डाकिएको र कहिले सकिने समेत टुङ्गो नभएकाले वर्तमान कार्यसमितिको मनसाय नै समयमा नियमित महाधिवेशन नगर्ने र केन्द्रीय कार्यसमितिको म्याद थप्नतर्फ उद्धत रहेको प्रष्ट देखिन्छ । वर्तमान केन्द्रीय कार्यसमितिको यस्तो प्रवृत्ति आपत्तिजनक छ ।’

राष्ट्रिय राजनीति अत्यन्त तीव्रताका साथ अगाडि बढिरहेको बेला बिलम्ब गर्ने, अल्मलिने र पार्टीको नयाँ नेतृत्व चयन गर्न ढिलाइ गर्ने छुट नभएको बताउंदै उनले आगामी फागुन २१ गते नेपाल सरकारबाट घोषित प्रतिनिधि सभाको निर्वाचन अगावै पार्टी महाधिवेशन मार्फत नयाँ नेतृत्व चयन गरी आगामी चुनावमा जानुपर्नेमा जोड दिए।

त्यही राष्ट्रिय आवश्यकता महसुस गरी विशेष महाधिवेशन माग गरिएको उनले बताए । ‘यसभन्दा उत्तम हामीसँग अर्को विकल्प छैन । तसर्थ यस मागप्रति गम्भीर रहन र कार्यान्वयनतर्फ अग्रसर रहनु अनिवार्य आवश्यकता रहेको  व्यहोरा पुन: स्मरण गराउन चाहन्छौं,’ उनले भने ।

२ कार्तिक २०८२, आईतवार ११:०९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा