Play

लेखनाथ उबासंघको नयाँ समितिलाई पोखरा उबासंघको सम्मान, आगजनी र तोडफोड गर्नेलाई कारबाहीको माग

गुरुकुल खबर


पोखरा, पोखरा उद्योग वाणिज्य संघले कास्की जिल्लामा नगर उद्योग बाणिज्य संघको रुपमा क्रियाशील  लेखनाथ उद्योग वाणिज्य संघकी नवनिर्वाचित अध्यक्ष जानुका पराजुलीसहित नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एबम सदस्यहरुलाई  बधाइ ज्ञापन गरेको छ ।

गत भदौ २० र २१ गते सम्पन्न लेखनाथ उद्योग बाणिज्य संघको १५ औं महाधिवेशनबाट नयाँ कार्यसमिति निर्बाचित भएको भएपनि त्यस लगत्तै जेनजी पुस्ताको नाममा भएको आन्दोलनका कारण बिभिन्न राजनीतिक दल र संघसंस्थाका गतिबिधिहरु करिब ठप्प बनेका थिए ।

बिहीबार आयोजित  कार्यक्रममापोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले नेपालको  निजी क्षेत्रले नेपालको आधुनिक कालखण्डकै सबैभन्दा बढी संकटको सामना गर्नुपरेको बताए । जेनजी आन्दोलनको क्रममा निजी क्षेत्रमाथि भएको आक्रमण,आगजनी, लुटपाटले त्यो अवस्था आएको बताउँदै उनले भने,‘हामीमाथि १० वर्षे सशस्त्र द्वन्द्वको समयमा समेत नभएको आक्रमण अहिले भएको छ ।’ यो आक्रमणबाट भएको क्षति, सुरक्षा चुनौती र अनिश्चिताले निजि क्षेत्रलाई हैरानी दिएको उनको भनाई थियो ।

‘निजी क्षेत्र युद्धको सिपाही जस्तै हो र यसलाई पिठ्यूँ फर्काएर भाग्ने छुुट छैन । अपराधीलाई कानूनी कठघरामा ल्याएर, क्षतिपूर्ति भराएर र सरकारबाट सुरक्षाको ग्यारेण्टी गराएर हामी पुनः आफ्नो लयमा फर्कनको लागि तम्तयार हुनु परेको छ,’उनले भने,‘ यसको लागि निजी क्षेत्रको एउटै आवाज हुनुपर्छ भन्नेमा कसैको पनि दुईमत छैन ।’
जेनजी आन्दोलनको क्रममा संघीय राजधानीपछि दोस्रो बढी क्षति पोखराले नै ब्यहोरेको बताउँदै उनले प्रताडित व्यवसायीलाई न्याय दिलाउन र व्यवसायीको मनोबल उच्च बनाउनका लागि पोखरा उद्योग वाणिज्य संघले पहलकदमी लिइरहेको पनि बताए ।

कार्यक्रममा बोल्दै लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले जेनजी आन्दोलनको क्रममा निजी क्षेत्रमाथि आक्रमण गर्नेहरुलाई कानूनी कठघरामा उभ्याउनुपर्ने बताइन् । परिवर्तनको लागि नवयुवाको आह्वानमा भएको आन्दोलनमा अराजक तत्वको घुसपैठको मिहिन तरिकाबाट अनुसन्धान हुनुपर्ने तथा क्षति ब्यहोरेका उद्योगी व्यवसायीहरुलाई राहत दिनुपर्ने उनको भनाइ थियो ।

आर्थिक समृद्धि र पोखराको बृहत्तर हितका निम्ति लेखनाथ र पोखराले लामो समयदेखि सहकार्य गर्दै आइरहेको स्मरण गर्दै उनले भनिन्, ‘हामी एउटै महानगरमा रहेका दुई उद्योग वाणिज्य संघहरु पोखराको बृहत्तर हितको लागि काम गर्ने संस्था हौँ । पोखराको आर्थिक र सामाजिक विकासका निम्ति हामी एकै ठाउँमा छौँ ।’

अहिले जग्गा किनेर उद्योग स्थापना गर्छु भन्ने कुरा असम्भवजस्तै रहेको बताउँदै पोखराको वडा नम्बर ३३ र शुक्ला गण्डकी क्षेमा पर्ने पुँडीटारमा नयाँ औद्योगिक क्षेत्र निर्माणको काम छिटो सक्न माग गरिन् । पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले आउँदा चाडपर्वको शुभकामना व्यक्त गर्दै नवनिर्वाचित लेखनाथ उद्योग वाणिज्य संघको टिमलाई बधाइ ज्ञापन गरिन् ।

३० आश्विन २०८२, बिहीबार २१:११ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा