पोखरा, जेनजी पुस्ताको नाममा भएको आन्दोलनका क्रममा प्रदर्शनका क्रममा आगजनी एवं तोडफोडबाट क्षतिग्रस्त मालपोत कार्यालय कास्कीले आज बिहिबारदेखि सेवा सुरु गरेको छ । आन्दोलनका क्रममा मालपोत कार्यलय समेत जलाइएपछि सबै सेवा अबरुद्ध बनेको थियो।
लेखापढी कानुन ब्यबसायी संघ पोखराको अगुवाईमा अस्थायी संरचना र आबश्यक कम्प्युटर र फर्निचर लगायतका सामग्री जुटाएर सेवा सुचारु गर्ने बाताबरण बनेको हो। बताइएको छ मालपोत कार्यालयले अत्यावश्यकीय सेवाका साथै नियमित सेवा समेत सुरु गरेको कास्कीका मालपोत अधिकृत शोभाखर पोख्रेलले जानकारी दिए ।
कार्यालय क्षतिग्रस्त भएपछि यहाँस्थित सेवाग्राहीलाई प्रतिक्षालयबाट सेवा दिन सुरु गरिएको जानकारी दिँदै उनले अत्यावश्यक सेवा भनिए पनि सेवाग्राहीलाई सकेसम्म सबै सेवा उपलब्ध गराइने उद्देश्य राखिएको बताए ।
कार्यालयमा रहेका झन्डै ८० प्रतिशत कागजात पूर्ण रूपमा नष्ट भएकाले समस्या भएको उनको भनाइ छ । आन्दोलनका क्रममा कार्यालयमा रहेकामध्ये पोखरा महानगरपालिका–११, १२, १३ सहित मौजा, हेम्जाका कागजात जोगिए पनि अन्य सबैजसो वडाका कागजातहरू डढेको उनले जानकारी दिए ।
सम्बन्धित समाचार ..
कास्की मालपोतको सेवा शुरु गर्न लेखापढी ब्यबसायीको पहल, अस्थायी संरचना र आबश्यक सामग्री हस्तान्तरण





















