Play

कास्की मालपोतको सेवा शुरु गर्न लेखापढी ब्यबसायीको पहल, अस्थायी संरचना र आबश्यक सामग्री हस्तान्तरण

गुरुकुल खबर


पोखरा, जेनजी पुस्ताको नाममा भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा आगजनी गरिएको जिल्ला मालपाेत कार्यालय कास्कीले आफ्नोसेवा अझै शुरु गर्न सकेको छैन। मालपोत कार्यालयको सबैजसो भौतिक संरचना र अभिलेखहरु जलेर नष्ट भएको कारण कार्यालयले सेवा सुचारु गर्न ढिलाई भएको हो।

नष्ट भएका संरचनाको नयाँ निर्माण गर्न तथा अभिलेखहरुको श्रेस्ता कायम गर्न लामो समय लाग्ने भएपछि काम चल्ने किसिमको संरचना तयार गरेर श्रेस्ता कायम सहित अन्य सेवा बिस्तारै शुरु गर्ने प्रयास हुन् थालेको छ ।

यसैबीच मालपोत कार्यालयमा अस्थायी संरचना निर्माण गरेर भएपनि सेवा सुचारु गर्ने प्रयासलाई सार्थक बनाउन लेखापढी कानुन ब्यबसायी समिति पोखराले अगुवाई गरेको छ । सोहि अनुसार समितिमा आबद्द ब्यबसायीहरुबाट न्युनतम ५ हजार रुपैयासहित अन्य बिभिन्न व्यक्ति र संस्थाबाट सहयोग संकलन गरि अस्ठायी संरचनाको निर्माण एबम अत्यावश्यक सामग्रीको खरिद गर्ने कार्य करिब पुरा गरेको छ।

नेपाल लेखापढी कानुन ब्यबसायी  समितिका पोखराका अध्यक्ष मौसम कार्कीले लेखापढी ब्यबसायीहरु पनि मालपोत  कार्यालयको सेवा सुचारु गर्न गरेको अभियानमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएपछि अस्थायी संरचनाको निर्माण गरेर सेवा सुचारु गर्न मिल्ने बनाइएको जानकारी दिए।

“हामी ब्यबसायी साथीहरुले न्युनतम ५ हजार रुपैया एक जना लेखापढी ब्यबसायीबाट संकलन गर्न शुरु गरेको र जग्गा ब्यबसायी कालु गुरुङले ५ लाख ५ हजार रुपैया एबम अन्य व्यक्ति र संस्थाबाट गरि करिब ३५ लाख मूल्य बराबरका संरचना र सामग्री हस्तान्तरण  गरिएको छ।” अध्यक्ष कार्कीले गुरुकुल खबरसंग भने।

अध्यक्ष मौसम कार्कीका अनुसार पोखरा उद्योग बाणिज्य संघ, गण्डकी आवास तथा जग्गा विकास ब्यबसायी समिति र होटल ब्यबसायी समितिले कार्यालयको लागि आबश्यक १४ लाख रुपैया मूल्य बराबरको फर्निचर उपलब्ध गराएको छन भने पोखरा रोयल सहकारी र जिल्ला सहकारी संघ कास्कीले एक एक थान कम्प्युटर उपलब्ध गराएका छन।

यसैगरी उक्त कार्यालयको लागि आबश्यक सामग्री जुटाउनको लागि पोखराका युवा ब्यबसायी गोबिन्द लामिछानेले आपनो तर्फबाट तीनलाख रुपैया सहयोग गर्ने प्रतिबद्दता जनाएको बुझिएको छ। कलाकार कृष्ण कंडेलले पनि ५० हजार नगद हस्तान्तरण गरेका छन ।

लेखापढी ब्यबसायी समितिको ३१ औं स्थापना दिवसको अवसर पारेर समितिले मंगलवार एक कार्यक्रमको आयोजना गरि बिभिन्न व्यक्ति र संस्थाबाट संकलन गरेको सामान सहित अस्थायी संरचना मालपोत कार्यालयका निमित्त प्रमुख शोभाखर पोखरेललाई हस्तान्तरण गरेको हो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा र गण्डकी प्रदेशका प्रमुख सचिब डडुराज घिमिरे समेतको उपस्थितिमा कानुन ब्यबसायी समिति पोखराका अध्यक्ष मौसम कार्कीले ति सामग्री र संरचना हस्तान्तरण गरेका हुन ।

उक्त कार्यक्रममा बोल्दै महानगर प्रमुख आचार्यले मालपोत कार्यालयको अस्थायी संरचना निर्माणको लागि पोखरा महानगरपालिकाले पनि करिब ३६ लाख सहयोग गर्ने जानकारी दिए ।

पोखरा महानगरपालिकाका प्रमुख आचार्यका अनुसार मालपोत कार्यालय स्थानीय सरकारको राजस्व संकलन गर्ने प्रमुख श्रोत भएकोले र महानगर भित्रका करिब १ लाख ५० हजार घरधनी सहित अन्यको श्रेस्ता सम्भव भएसम्म छिटो गर्नुपर्ने भएकोले पनि महानगरपालिकाले आर्थिक सहयोग गरेको हो।

प्रमुख आचार्यले महानगरपालिका र मातहतका २६ वडा कार्यालयहरुमा भएको आगजनी, तोडफोड र लुटपाटको कारण २ अर्ब भन्दा बढी क्षती पुगेकोले ‘आफैं त महादेव उत्तानो पर’ को अबस्थामा महानगर पुगेको समेत स्पष्ट पारे।

कार्यक्रममा बोल्दै प्रमुख आचार्यले जेनजी पुस्ताको बदनाम गर्दै निहित स्वार्थ भएका व्यक्तिहरुले अत्यधिक प्रज्वलनशील पदार्थ बोकेर निजि एबम सरकारी सम्पतिमा आगजनी गरेको उल्लेख गरे उनले आगजनी गर्नेहरुलाई कारबाही गर्नुपर्ने कुरामा समेत जोड दिए ।

उक्त कार्यक्रममा इन्द्रेणी फाउन्डेसनको तर्फबाट कृष्ण कंडेलले पनि ५० हजार रुपैया लेखापढी ब्यबसायी समितिलाई हस्तान्तरण गरेका थिए त्यस अबसरमा बोल्दै कंडेलले ध्वस्त भएका संरचना निर्माण र नागरिकको सेवा प्रवाह प्रभावकारी बनाउन सबै गम्भीर बन्नुपर्नेमा जोड दिए।

सोहि कार्यक्रममा पोखरामा संचालित रोयल सहकारी संस्था सहित जिल्ला सहकारी संघले पनि कम्प्युटर लगायतका सामान हस्तान्तरण गरेका थिए।

कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, लेखापढी ब्यबसायी समिति कास्कीकाअध्यक्ष  खडानन्द लामिछाने, मालपोत अधिकृत शाेभाखर पाेखरेल र कानुन ब्यबसायी समिति पोखराका सचिब लिला गिरि लगायतले आआफ्नो भनाई राखेको लेखा पढी ब्यबसायी समिति कास्कीका सहसचिब सुभाषचन्द्र बाँस्तोलाले गुरुकुल खबरलाई जानकारी दिए।

२९ आश्विन २०८२, बुधबार ०९:११ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा