Play

कास्कीका प्रजिअलाई एमालेको युवा संघ र अनेरास्ववियुको ज्ञापनपत्र, आगजनी र लुटपाट गर्नेलाई कारबाहीको माग

गुरुकुल खबर


पाेखरा, जेनजीपुस्ताको नाममा भएको आन्दोलनको क्रममा ताेडफाेड, लुटपाट र आगजनीमा संलग्नलाइ कारबाहीकाे माग गर्दै नेकपा एमालेका भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र‌ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कास्कीले कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।

अनेरास्ववियु कास्कीका अध्यक्ष सन्तोष पोखरेल र राष्ट्रिय युवा संघ नेपाल कास्कीका अध्यक्ष उमेश गुरुङ सहितको टोलीले कास्कीका प्रजिअ रुद्रादेबी शर्मालाई ज्ञापनपत्र बुझाएको थियो। ज्ञापनपत्रमा सरकारले सिंहदरबार, सर्वोच्च अदालत, संसदिय दलका कार्यालयहरु, राजनीतिक दलका कार्यालयहरु, व्यवसायिक प्रतिष्ठानहरु, निजी आवास र सार्वजानिक संरचना, राष्ट्रपति भवन लगायत एतिहासिक धरोहर र प्रशासनिक भवनहरु जलाउने, कास्की जिल्ला लगायत देशभरिका जिल्लाहरुमा अवस्थित जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, अदालत, प्रहरी कार्यालय लगायतका संरचना जलाउने र बिभिन्न निजि एबम सरकारी सामाग्रीहरु समेत लुटपाट गर्ने दोषीहरुलाई कारबाही गर्न माग गरिएको छ।

उनीहरुले मुलुकको आन्तरिक सुरक्षामा थप जोखिम निम्ताएको बताउदै प्रहरीका साथै आन्दोलनको क्रममा विभिन्न कारागारहरुबाट फरार कैदीहरुका कारण अहिले देशका विभिन्न स्थानमा सुरक्षा चुनौती बढेको र अन्तराष्ट्रियस्तरमा समेत नेपालको छविमा नकारात्मक प्रभाव परेको अनेरास्ववियु कास्कीका अध्यक्ष सन्तोष पाेखरेलले‌ बताए ।

‘हामी लोकतान्त्रिक मुल्य, शान्तिपूर्ण आन्दोलन र कानूनी शासनमा विश्वास राख्दछौ । हिंसा, तोडफोड, आगजानी, लुटपाटले देश र समाजलाई त्रासपूर्ण र कमजोर बनाई नागरिकलाई शान्ति सुरक्षा र अमनचयन कायम हुन सक्दैन । त्यसैले तोडफोड, आगजानी, लुटपाटमा संगलनहरुलाई यथासिघ्र पक्राउ गरि कानुनी दायारामा ल्याउनको लागि अनेरास्ववियु जिल्ला कमिटी कास्की र राष्ट्रिय युवा संघ कास्की जोडदार माग गर्दछौ’ पत्रमा भनिएको छ।

२८ आश्विन २०८२, मंगलवार २२:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा