पोखरा, कास्की प्रहरीले ‘अपरेसन ३६५’ नामको नयाँ अभियान संचालन गर्ने भएको छ । मोटरसाईकलको स्वरुप परिवर्तन गराई ठुलो आवाज निकालेर ध्वनी प्रदुषण गर्ने, समाजलाई आतंकित पार्ने, शान्ति सुब्यबस्थामा खलल पार्ने खालका गतिविधी गर्नेहरुलाई नियन्त्रण गर्नको लागि अपरेसन ३६५ अभियान संचालन गर्न लागिएको कास्की प्रहरीका सूचना अधिकारी एबम प्रहरी नायब उपरिक्षक हरिबहादुर बस्नेतले गुरुकुल खबरलाई दिएका छन ।
सोमबार साँझबाट जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका अन्य प्रहरी कार्यालय समेतबाट एकै समयमा प्रहरी परिचालन गरी रातको समयमा यो अभियान संचालन गरिन लागेको हो ।
सडकमा होहल्ला गर्दै हिड्ने, मोटरसाईकलको स्वरुप परिवर्तन गरी चर्को आवाजमा ध्वनि प्रदुषण गर्दै हिड्ने, शान्ति सुव्यवस्थामा खलल पार्ने र नियन्त्रणमा लिने प्रयास गर्दा प्रहरी संग झै-झगडा गर्ने मोटरसाईकल चालक र सवारी साधनलाई नियन्त्रणमा लिने र आबश्यक कानुनी कारबाही गर्ने क्रम जारी रहेको कास्की प्रहरीले जनाएको छ ।
प्रहरीले सवारी साधनका धनिलाई आफ्नो सवारी साधन मोडिफाई नगरी वास्तविक रुपमा चलाउन र मोडिफाई गर्ने कार्यमा संलग्न ग्यारेज, वर्कसप, रिकन्डिसन हाउस संचालकहरूले समेत उक्त कार्य नगर्न नगराउनु हुन अनुरोध गर्दै त्यस्तो कार्यमा संलग्न रहेमा सवारी साधन धनि र उक्त कार्यमा संलग्न व्यक्तिहरुलाई समेत कानून बमोजिम कारवाही जनाएको छ ।




















