Play

लेखनाथको नौविसे ओख्लेडाँडा टोल विकास सस्थाको अधिबेशन सम्पन्न, बिभिन्न व्यक्तित्वलाई सम्मान

गुरुकुल खबर


लेखनाथ, पोखरा महानगरपालिका वडा नं २९ मा रहेको नौविसे ओख्लेडाँडा टोल विकास सस्थाको पन्ध्रौं बार्षिक साधारण सभा तथा आठौं अधिवेशनले आगामी दुई वर्षका लागि ठाकुरप्रसाद घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा महेन्द्रप्रसाद सुबेदी,सचिवमा दुर्गादेवी अधिकारी ,कोषाध्यक्षमा ध्रुवराज पौडेल रहेका छन् ।

समितिको सदस्यहरुमा रामबहादुर जि.सी,कृष्ण बहादुर थापा, मसिना कुमाल, मिना सुबेदी र मन्त्रीराज उलक रहेका छन् । लेखा उपसमितिको संयोजकमा बिष्णुप्रसाद लामिछाने र सदस्यहरुमा शिवराज अधिकारी र सोम बहादुर थापा चयन भए ।

नयाँ कार्यसमितिका पदाधिकारी एबम सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउदै निर्वाचन संयोजक अर्जुन ओझाले टोल विकास सस्थाले आफनो टोलको विकासका लागि नेतृत्वदायी भूमिका निभाउनुपर्ने वताए । संस्थाका अध्यक्ष ठाकुरप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा समितिको प्रतिवेदनहरु पारित भएका थिए ।

पोखरा महानगरपालिका वडा नं २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ्गले साधारण सभाको उद्घाटन गर्दै स्थानीयको सहभागीता विना विकास निर्माणका कुनै पनि काम सम्भव नहुने धारणा राखेका थिए। वडाका ३० वटै टोल विकास संस्थालाई यस टोलले नमूना बनेर सिकाएको उनले वताए ।उनले विषादी रहित उत्पादनमा पनि जोड दिए ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बास्तोला, वडासदस्य कालीदास पोखरेल लगायतले बोलेका थिए भने नयाँ कार्यसमितिका अध्यक्ष घिमिरेले भावी योजना प्रस्तुत गरेका थिए । संस्थामा २ सय ३८ घरधुरी सदस्य रहेको छन् । कार्यक्रममा ८० वर्ष उमेर नाघेका ४ ज्येष्ठ सदस्यको साथै टोलबाट कक्षा १२ मा उत्कृष्ट अङ्क ल्याउने २ जना, उत्कृष्ट कृषक सुरज तिवारी र हालै सम्पन्न लेखनाथ उद्योग वाणिज्य संघको अधिबेशनबाट सदस्यमा निर्बाचित टोलका बासिन्दा सुजनबाबु न्यौपानेलाई सम्मान गरिएको थियो ।

२६ आश्विन २०८२, आईतवार ११:१८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा