Play

पोखरा -५ मा वडास्तरीय सुरक्षा समितिको बैठक, शान्ति सुरक्षा र समन्वयको पहल गर्ने

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा नम्बर ५ मा बसोबास गर्ने सर्बसाधारण तथा आमनागरिकहरुको सुरक्षाको बारेमा छलफल गर्न वडास्तरीय सुरक्षा समितिको बैठक शुक्रबार सम्पन्न भएको छ। बैठकमा वडाको विभिन्न क्षेत्रका अग्रज व्यक्तित्व, जनप्रतिनिधि, नागरिक समाजका अगुवा लगायतको सहभागिता रहेको थियो।

वडास्तरीय सुरक्षा समितिका संयोजक राजेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न  बैठकमा वडाको बिभिन्न क्षेत्रका १८ जना बक्ताले आआफ्नो सुझाबसहितको धारणा राखेका थिए। बक्ताहरुले बिभिन्न टोलका समस्या र समग्र सुरक्षाको ब्यबस्थालाई कसरि प्रभावकारी बनाउने भन्ने सम्बन्धमा आआफ्नो सुझाब दिएको बैठकमा सहभागी नेकपा एमालेकी नेतृ एबम स्थानीय वडाबासी अन्जु क्षेत्रीले गुरुकुल खबरलाई जानकारी दिईन । समितिले सुरक्षा निकाय, नागरिक समाज र जनप्रतिनिधिहरुसँग सहकार्य गरी काम गर्ने जनाएको छ ।

चाडपर्वका बेला लुटपाट, चोरी, कालोबजारी जस्ता घटना बढी हुने गरेका छन् । हालै भएको आन्दोलनका कारण सुरक्षा निकायहरुसँग आवश्यक गाडीसहितका व्यवस्था पनि कम भएको अवस्थामा स्थानीय क्षत्रको सुरक्षाको लागि नागरिकस्तरबाट पहल गरेर यस किसिमको समिति बनाइएको हो । उक्त समितिले स्थानीय नागरिक, स्थानिय जनप्रतिनिधि तथा सरकार र सुरक्षा एबम प्रशासनिक निकाय संग समन्वय गरि शान्ति सुरक्षा र समन्वयको काम गर्ने बुझिएको छ ।

२४ आश्विन २०८२, शुक्रबार १३:११ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा