Play

अष्ट्रेलियन संस्थाबाट अन्नपुर्ण गाउँपालिकालाई २६ लाख मूल्यको अत्याधुनिक एम्बुलेन्स सहयोग

गाउँको स्वास्थ्यसेवाको लागि महत्वपूर्ण उपलब्धि- अध्यक्ष केसी, मानबिय सम्बन्धको प्रतिक- अष्ट्रेलियन नागरिक श्याली


गुरुकुल खबर


पोखरा, कास्कीको अन्नपूर्ण गाउँपालिकाको ग्रामिण क्षेत्रमा आपतकालीन स्वास्थ्यसेवा छिटो र प्रभावकारी बनाउने भन्दै एक बिदेशी संस्थाले एम्बुलेन्स हस्तान्तरण गरेको छ। अन्नपुर्ण गाउँपालिका –४ भदौरे देउरालीमा मंगलवार आयोजित एक समारोहमा अष्ट्रेलियाको संस्था वाइल्डर्नेस कम्युनिटीले २६ लाख रुपैयाँ मूल्य पर्ने अत्याधुनिक सुबिधा सहितको एम्बुलेन्स अन्नपुर्ण गाउँपालिकालाई हस्तान्तरण गरेको हो।

एम्बुलेन्स हस्तान्तरण समारोहमा अष्ट्रेलियन नागरिकबाट एम्बुलेन्स बुझेपछि बोल्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले गाउँपालिकालाई अष्ट्रेलियाली सहयोगी संस्थाबाट प्राप्त एम्बुलेन्स गाउँको स्वास्थ्यसेवाको लागि महत्वपूर्ण उपलब्धि हो भन्दै एम्बुलेन्सको संचालन खर्च गाउँपालिकाले बेहोर्ने बताए।

वाइल्डर्नेस कम्युनिटीकी प्रमुख डा. श्याली नब्सले एम्बुलेन्सलाई सहयोगको रूपमा मात्र नभएर मानवीय सम्बन्धको प्रतीकको रूपमा सम्झिन आग्रह गरिन । अन्नपूर्ण गाउँपालिकाका नागरिकहरुसंग आँफुहरुको गहिरो सम्बन्ध रहेको भन्दै उनले भदौरेमा सन् १९९८ देखि शिक्षा, स्वास्थ्य र सरसफाइ क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जानकारी दिईन।

संस्थाले स्थानीय बालबालिकाको पढाइ–लेखाइमा पहुँच बढाउन, महिला सशक्तीकरण र सामुदायिक स्वास्थ्य सुधार ल्याउन सहयोग गरिरहेको र आगामी दिनमा पनि ग्रामीण क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने थप योजनामा सहयोग गर्ने जनाएको छ।

संस्थाले भदौरे माध्यमिक विद्यालयमा अध्ययन गर्ने बिधार्थीहरुको शुल्क तिरिदिने, विपन्न र अभिभावकविहीन बालिकाहरूका लागि विद्यालयमा आवास सुविधा उपलब्ध गराइदिने, कतिपय छात्रालाई निजि बिधालयमा अध्ययनको सुबिधा उपलब्ध गराइदिने र हरेक वर्ष कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई १०० अष्ट्रेलियन डलर बराबरको छात्रवृत्ति प्रदान गर्दै आएको छ।

कार्यक्रममा बोल्दै बहादुरे माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक रामप्रसाद पौडेलले वाइल्डर्नेस कम्युनिटीको सहयोगले शिक्षा र स्वास्थ्य दुवै क्षेत्रमा नयाँ ऊर्जा थपेको बताए।अन्नपुर्ण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषि पौडेलले संस्थाले दिएको एम्बुलेन्स जीवनरक्षाको साधन बन्ने बताए। गाउँपालिकाले यसलाई नियमित स्वास्थ्य शिविर, विद्यालय स्वास्थ्य परीक्षण र आपतकालीन उद्धारमा प्रयोग गर्ने योजना बनाएको उनको भनाई थियो । कार्यक्रममा विद्यार्थीहरूले केहि गीत र नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, महिला समूह, स्थानीय बासिन्दा तथा अष्ट्रेलियाली नागरिकहरुको पनि सहभागिता रहेको थियो।

२१ आश्विन २०८२, मंगलवार २२:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा