पोखरा, गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएशन पोखराको ३२ औं वार्षिक उत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ३६ युनिट रगत संकलन भएको छ । एसोसिएसनका प्रेस सल्लाहकार कृष्ण थापाले पहिलो रक्तदाता सिता पौडेललाई ब्लड ब्याग दिएर रक्तदान कार्यक्रमको शुभारम्भ गरेका थिए ।
त्यस अबसरमा बोल्दै थापाले जोखिममा परेकाहरूको ज्यान जोगाउन रक्तदान जस्तो पुण्यकर्म अर्को कुनै नभएको बताए । अहिले पोखरामा रगतको अभाव भईरहेको बेलामा एशोसिएशनले रक्तदान गरेर पुण्य काम गरेको भन्दै उनले आभार प्रकट गरे ।
प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले रक्दान जस्तो पवित्र कार्यमा संथागत रुपमा लागेको भन्दै एशोसिएशन र संस्थाका सदस्यहरुप्रति आभार प्रकट गरे उनले पोखराका अन्य संघ संस्थाहरुलाई पनि नियमित वा आकस्मिक रुपमा रक्तदानका कार्यक्रमहरु आयोजना गर्न आग्रह गरे ।

यसअघि कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्दै संस्थाका स्वास्थ्य सल्लाहकार डा.रवीन्द्र श्रेष्ठले तिन महिनाको फरकमा रक्तदान गरेमा मानिस स्वस्थ पनि हुने र अरुको जीवन पनि बचाउन सकिने भन्दै जोखिममा परेकाहरूको जीवन बचाउन रगतदान गर्नु जस्तो उत्तम कार्य अरु नहुने बताए ।
उक्त अबसरमा कार्यक्रम संयोजक राम बहादुर नेपाली, नेपाल रेडक्रस सोसाईटी गण्डकीका सभापति सूर्य प्रसाद ढकाल, संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार सनत कुमार भट्टराई, निवर्तमान अध्यक्ष सन्तोष कुमार मिश्र, रक्तदाता माधव खतिवडा, पत्रकार आरजू विष्ट सल्यानी लगायतले रक्तदानको महत्वका बारेमा बोलेका थिए ।
रक्तदाताहरुलाई प्रमुख अतिथि कृष्ण थापा, पूर्व अध्यक्ष तथा संस्थाका सल्लाहकार सानुमान जलारी, अध्यक्ष विष्णु प्रसाद अधिकारी लगायतले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रम एशोसिएशनका अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव वीरेन्द्र चौधरीले गरेका थिए ।




















