पोखरा, पोखराका पर्यटन ब्यबसायी सन्तोष पोखरेलले पोखरा चितवन सहित पश्चिम तर्फको मौसम राम्रो रहेको भन्दै मोबाइलमा आउने गरेको विपद सम्बन्धि रिंगटन बन्द गर्न र सुरक्षित ठाउँमा आवत जावत खुला गर्न सरकारसंग आग्रह गरेका छन ।
पोखरा लगायत पश्चिम नेपालको मौसममा सुधार भएको भएपनि लामो दुरीका यातायात बन्द रहेको कारण पोखरा आउन चाहने आन्तरिकएबम बाह्य पर्यटकहरुले समस्या भोग्नुपरेको भन्दै पोखरेलले त्यस्तो आग्रह गरेको हुन।
दशैंको आगमन संगै पोखरामा पर्यटकहरुको चहलपहल निकै बढ्ने गरेकोमा यस पटक भने जेनजी पुस्ताको नाममा भएको आन्दोलनको कारण दशैं भन्दा अगाडी पोखरा लगायत नेपालभर पर्यटकको आवागमन बन्द हुन पुग्यो भने दशैंको टिकाको दिनपछि देशभर भारी बर्षा र बाढी पहिरो सहित प्राकृतिक बिपत्ति आउने पूर्वानुमानसंगै सरकारले देशभर लामो दुरीको यातायात बन्द गराएको थियो।
सरकारको आक्रामक प्रचार र राजमार्गमा सवारी साधन चल्न नदिने निर्णयका कारण कतिपय सुरक्षित सडकमा समेत यातायात सेवा बन्द हुँदा सुरक्षित मानिएका शहरहरुमा पनि मानिसहरु पुग्न सकेनन यसै सन्दर्भमा पोखराका पर्यटन ब्यबसायी सन्तोष पोखरेलले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन ।
‘हेलो सरकार,
बिपतको सुचना राम्रो थियो।
अब सोलोडोलो एउटै सुचनाले नहोला । मोबाइल रिंगटन बन्द गरिदेउ र जुनजुन ठाउँ सुरक्षित छन, त्यहाँ आवत-जावत गर्न खुला गरिदेउ।
त्यसो गरे कसो होला ?
पोखरा, चितवन सहित पश्चिम नेपाल तर्फको मौसम त ठिकै छ कि जस्तो लाग्छ।
हिंड्न मिल्ने ठाउमा हिंड्न सक्ने पनि जानकारी आओस।’
यसैगरी उनले चितवनको सडकको तस्बिर सहित अर्को स्टेटस लेख्दै चितवनमा घाम लागेको जानकारी दिएका छन ‘चितवनमा घाम लागेको रहेछ। मौसम सफा छ,२३/२४ डिग्री तापक्रम । न गर्मी न जाडो।’
 




















